माधव नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

माधव नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णयसहित दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका सुरोतले जानकारी दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । यसलगत्तै नेपाल खेमा ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेको हो ।

‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिह्नमा खुला किताब प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

आजै जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाले पनि नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।