बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, शाक्य मुख्यमन्त्री बन्ने

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, शाक्य मुख्यमन्त्री बन्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । 

एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।