सिकाउने थलोमै छोइछिटो

सिकाउने थलोमै छोइछिटो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

लेखनाथ । बिुटवलकी मनीषा विक पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन गर्न गतसाता पोखरा विश्वविद्यालय आइन् । केन्द्रीय क्याम्पसकै आडमा रहेको निजी होस्टलमा बस्ने निधो गरिन् । आमासँगै आएकी उनलाई होस्टेल सञ्चालक जमुना सापकोटाले पूरा नाम सोधिन् । नाम-थर सुनेपछि उनी अक्मकिइन् ।

श्रीमान् विजय सापकोटासँग सल्लाह गर्नुपर्ने भन्दै पन्छिन खोजिन् । केही बेरपछि जमुनाले 'होस्टेलमा एक जनालाई मात्रै छुट्टै खाना पकाउन नसक्ने' भएकाले नराख्ने बताइन् । आफूलाई दलित भएकैले होस्टेलमा भर्ना नगरिएपछि मनीषा प्रहरीकामा पुगिन् । उनकी साथी ज्योति सुनारले जमुनाविरुद्ध उजुरी दिइन् ।

वैशाख १५ मा प्रहरीले जमुनालाई पक्रेर थुनामा राख्यो । उनलाई छुटाउन समाजसेवीदेखि जनप्रतिनिधिसम्म जिल्ला प्रहरी पुगे । दबाब थेग्न नसकेपछि ज्योतिले उजुरी फिर्ता लिइन् । 'प्रहरीले जाहेरी नै नगरी मिलाउनतिर लाग्यो,' उनले भनिन्, 'सबैको अगाडि गल्ती स्विकारेपछि एकरात राखेर उजुरी फिर्ता लिएका हौं ।' मनीषा पोखरा-३० ढुंगेपाटनमा विश्वविद्यालय नजिकै कोठा भाडामा लिएर बसिन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका-४ भेडीखाल्टामा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मामाथि व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा मगरको घरमा कुटपिट भयो । वैशाख ५ मा विद्यालय सञ्चालनका विषयमा स्थानीय अगुवासँग छलफल थियो, पार्वतीको घरमा । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।