राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७८

सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता प्रवेश केसीले अदालतमा अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । 

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि २ वटा राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता िमाजवादी पार्टी (जसपा) औपचारिक रूपमा विभाजन भइसकेका छन् । 

अध्यादेशपछि माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको छ ।