१४ जना सांसदलाई कारबाही गर्न एमालेले गर्‍यो सभामुखको ध्यानाकर्षण

१४ जना सांसदलाई कारबाही गर्न एमालेले गर्‍यो सभामुखको ध्यानाकर्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७८

माधव नेपाल खेमाले नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको र पार्टी हितविपरीत कामकारबाही गरेकाे भन्दै १४ जना सांसदलाई कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

आज सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल खेमाका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । सभामुख सापकोटाले तत्काल कारबाही गर्ने बताएका एक नेताले जानकारी दिए ।

नेकपा एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर नेपालको राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीलाई पछ्याउँदै पार्टीको पटक पटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने पार्टीका १४ जना सांसदलाई दल त्याग गरेको सूचना दिएका भए पनि कारबाहीका लागि किन विलम्ब भइरहेको छ भनेर जिज्ञासा राखिएको उनको भनाइ छ ।