'पार्टीलाई घात गर्नेहरू बाहिरिएका हुन्': केपी ओली

'पार्टीलाई घात गर्नेहरू बाहिरिएका हुन्': केपी ओली
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन नभएर पार्टीलाई घात गर्नेहरू बाहिरिएको बताएका छन् । 

बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, 'एमाले विभाजन भएको छैन । एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् तर त्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरू केही बाहिरिएका मात्रै हुन् ।' उनले पार्टी एकताका लागि आफूले ठूलो पहल गरेको बताए । 

माओवादी र एमाले पनि आफैँ नेतृत्वमा एकता भएको बताए । उनले एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्र भएको बताए। 

माधव नेपाललाई लक्षित गर्दै ओलीले पार्टी अकारण फुटाएको, पार्टीभित्र बिनासित्ती अस्थिरता गराइएको बताए । त्यस्तो हुँदासमेत सहेको उनको भनाइ थियो ।

आफ्नो सरकार ढाल्न लागेपछि फोन गरेर भेटेर एकताको प्रयास गर्दा पनि नमानेको बताए । अहिले पनि आफू सत्यको मार्गमा लागिरहेको र आफ्नो स्वार्थका लागि कहिल्यै पार्टीविरुद्ध नलागेको उनले दाबी गरे । माधव नेपालले पार्टीविरुद्ध घात गरेको सबैले देखेको उनको भनाइ थियो ।