काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लाखांै जनताका बीचमा काठमाडौं आउँदा आफूलाई जंगलमा आएजस्तो भएको बताएका छन्। ‘एक्लै÷एक्लै हुन थालियो यो के भएको हो ? जंगलमा हँुदा बरु सबै थिए, यहाँ आउदा एक्लै भएको महसुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ,’ अध्यक्ष दाहालले भने। एकजुट हुदाँ पनि हिम्मत हारे जस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भइरहेको पनि बताए। आइतबार कार्लमाक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन्।

‘उतिबेला हामीले जतिसुकै ठूला दुःखकष्ट र चुनौती बिर्सन्थ्यौं। तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जंगलमा सुतियो। तर, जंगलको अनुभूति भएन। हामी जंगलमा भएजस्तो अनुभूति पनि भएन। तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महसुस हुन थालेको छ।

अहिले के विचित्र भइराखेको छ ?,’ दाहालले भने, ‘हामी ६÷७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं। तर, हामी हिम्मत हार्दैछौं। किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो।’ आजको नागरिक दैनिकमा खबर छ ।