रश्मि असफलको गजल

रश्मि असफलको गजल

रश्मि असफल  |  साहित्य  |  भदौ ५, २०७८

साथ पाएँ आज उनको जिन्दगी 
लाेभलाग्दाे हुन्छ अब याे जिन्दगी 

फल्छ चारैतर्फ मायाको फल
प्यारबेगर बन्छ बाँझाे जिन्दगी

बन्न सक्छाै आज पानीझैँ भन्याै 
धान्छु देऊ दैव आगाे जिन्दगी 

सामु डाक्दै शर्त याैटा राख्दछु
बाल्न सक्छाै याे अँध्यारो जिन्दगी ?

घामपानी माझ ईन्द्रेणी हुँदा
लाग्छ रङ्गीन साथ प्याराे जिन्दगी

घुम्न जान्दा प्यारकाे याे बागमा
हुन्न पक्कै दिक्क लाग्दाे जिन्दगी

ढुक्क पर्दा हुन्छ प्रेमिल मनहरू
'रश्मि'ले दिन्छे उज्यालाे जिन्दगी ।

बहर : रमल मुसद्दस महजुफ