थानेश्वर राईको सक्रियता: 'युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका' भरमण्ट राज्यमा दर्ता

थानेश्वर राईको सक्रियता: 'युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका' भरमण्ट राज्यमा दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७८

अमेरिका । नेपाल र नेपाल बाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’ मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ । 

अमेरिकामा अवकाश प्राप्त जीवन बिताइ रहनुभएका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टिएस)को नेतृत्वमा उक्त संस्था दर्ता भएको जनाइएको छ । अमेरिका स्थित भरमण्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत रहनुभएको छ । २०७८ भदौ ३ गते बिहिबार अर्थात १९ अगष्ट २०२१ का दिन भरमण्ट राज्यकाे सिचवालयमा गैरनाफामुलका निगमका रुपमा  दर्ता भएको हो ।

नेपालमा रहँदा पञ्चायती व्यवस्थामा समेत भूमिगत रुपमा नै कराँते खेलालाई प्रवेश गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि नेपालमा कराँते महासङ्घ गठन गरी त्यसको अगुवाइ गर्ने कुराको जस समेत थानेश्वर राई (टिएस)लाई जान्छ । 

नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकमा अवकाश प्राप्त जीवन अमेरिकामा बिताइ रहनु भएका राईले बाँकी जीवन विश्व भरी छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छाता मुनि समेट्ने, उनीहरूलाई सङ्गठित तालिमहरूका लागि 'क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्य राखिएको छ ।

युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका अध्यक्ष थानेश्वर राईले दिएको जानकारी अनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिने छ । त्यसमा विश्व कराँते महासङ्घ र जापान कराँते महासङ्घका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएका छ ।  एसोसिएसन  नेपाल बाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’ मार्फत खेलाडीहरूको पुनर्मिलन, कला र कौशल विकासमा बाँकी जीवन बिताउने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । एसोसिएसनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीहरुलाई सहयोग पुर्‍याउनु नै  हो  राईले भन्नुभयो । 

नेपाल कराँते महासङ्घको आकडा अनुसार करिब ७ लाख खेलाडी रहेका  छन् ।