ला लिगा : रियल र एथ्लेटिको म्याड्रिडको भिडन्त

ला लिगा : रियल र एथ्लेटिको म्याड्रिडको भिडन्त

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ६, २०७८

स्पेनिस ला लागिमा आज ३ वटा खेल हुँदै छन् । आइतबार राति हुने ला लिगमा साविक विजेता एथ्लेटिको म्याड्रिड, रियल म्याड्रिड, रियल सोसिडाड, लेभान्तेले आआफ्नो प्रतिद्वन्द्वीको सामना गर्दै छन् ।

पहिलो खेलमा रियल सोसिडाड र रायो भ्यालेकानोबीच प्रतिस्पर्धा हुँदै छ । घरेलु मैदानमा सोसिडाड पहिलो जीत निकाल्ने दाउमा हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जीतको खोजीमा हुनेछन् । सोसिडाड भ्रमण टोली रायो भ्यालेकानोलाई कमजोर आँक्ने छैन । रायो भ्यालेकानोसमेत अवे खेलमा सचेत रहनेछ ।

यस्तै, दोस्रो खेलमा साविक विजेता एथ्लेटिक्स म्याड्रिडले भ्रमण टोली एल्चेको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको सवा ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा एथ्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैले एल्चेलाई पराजित गर्दै कम्तीमा ९० मिनेट एथ्लेटिको शीर्ष स्थानमा फर्कन चाहन्छ ।

यता, पहिलो खेलमा एथ्लेटिक बिल्वाओसँग गोलरहित बराबरी खेलेको एल्चे पहिलो जीतको खोजीमा हुनेछ ।

आजको अन्तिम खेलमा रियल म्याड्रिडले लेभान्तेको सामना गर्नेछ । नेपाली समयअनुसार खेल पौने २ बजे सुरु हुनेछ । घरेलु मैदानमा लेभान्ते पहिलो जीतको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा लेभान्तेले अंक बाँडेको थियो ।

यता, रियल भने आज शिर्ष स्थानमा पुग्ने दाउमा छ । पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेको रियल स्पष्ट ३ अंक जोड्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । दोस्रो चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएसँगै रियललाई शीर्ष स्थानमा पुग्ने मौका छ ।