बलिउडमा बन्न थाले धमाधम रिमेक फिल्म

बलिउडमा बन्न थाले धमाधम रिमेक फिल्म

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ६, २०७८

‘कवीर सिंह’को सफलताले शाहिद कपुरले बलिउडमा आफ्नो स्टारडमको उचाइ अझ बढाएका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । 

उनको अभिनय क्षमताका कारण पनि ‘कवीर सिंह’ बढी चर्चा पाएको हो । फिल्मलाई जीवन्त बनाउन शाहिदले कुनै कसर बाँकी राखेका थिएनन् । पछिल्लो समय ‘कमिने’ र ‘हैदर’ जस्ता फिल्ममार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम ‘कवीर सिंह’ पाएका छन् । शाहिद यतिबेला साउथको फिल्म ‘जर्सी’को रिमेकको काममा व्यस्त छन् ।

‘अर्जुन रेड्डी’को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिँदै छन् । किन त ? उनले एक कार्यक्रममा भने, ‘यो कथाले मलाई छोयो ।’

‘कवीर सिंह’पछि उनी रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएनन् । त्यसैले उनी फ्रेस स्टोरीको खोजीमा थिए । तर, उनलाई ‘जर्सी’को रिमेक अफर भएपछि फिल्म हेरे । उनले आफूले फिल्म ४ पटक हेरेको बताए । ‘म सक्कली फिल्म गर्न चाहन्थेँ ताकि मानिसहरूले नसोचून् कि म मात्र रिमेक गर्दै छु । तर, जब मैले यो फिल्म हेरेँ, यसले मेरो हृदय छोयो’, उनले भने, ‘चरित्र कवीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो तर उसको तीव्रता र यात्रा मेरा लागि प्रेरणादायी छ ।’

शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए । उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउने तयारीअनुरूप क्रिकेटर देखिन हरसंभव प्रयास गरे । स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादका कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन् ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ ।

शाहिदको को-स्टारकf र"पमा मृनाल ठाकुर छन् । फिल्मका लागि सुरुवात रश्मिका मन्दना रहने चर्चा भए पनि उनले अफर स्विकारिनन् । त्यसैले अब शाहिदको जोडीको रूपमा रहनेछन् मृनाल ।