मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जनाले पाए

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जनाले पाए

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ७, २०७८

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ  बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले यसको शेयर हात पारेका छन्, जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता शेयर पाएका छन् । 

मानुषीको आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । रीतपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । ​

मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।