राहुल र सोनिया गान्धीको ‘भाग्यफैसला’ आज

राहुल र सोनिया गान्धीको ‘भाग्यफैसला’ आज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

नयाँ दिल्ली । पाँचौ चरणको लोकसभा निर्वाचनमा युपिएका चेयर पर्सन सोनिया गान्धी र कांग्रेस अध्यक्ष राहुल गान्धीको आज ‘भाग्यफैसला’ हुँदैछ ।

सोनिया उत्तरप्रदेशको रायबरेली सिटबाट चुनावी प्रतिष्पर्धामा छिन् । उनको प्रतिष्पर्धा दिनेशप्रताप सिंहसँग छ ।

यस्तै, उत्तरप्रदेशको अमेठी सिटबाट कांग्रेस अध्यक्ष राहुलको प्रतिष्पर्धामा केन्द्रीय मन्त्री स्मृति इरानी छन् । 

भारतमा पाँचौं चरणअन्तर्गत सात राज्यका ५१ सिटमा निर्वाचन हुँदैछ । जसमा उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालका ७–७, विहारका ५, झारखण्डका ४ र जम्मू–काश्मिरका २ सिट छन् ।