पौडेल खेमाका जिल्ला सभापतिले दिए पार्टी कार्यालयमा धर्ना

पौडेल खेमाका जिल्ला सभापतिले दिए पार्टी कार्यालयमा धर्ना

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

सूची सार्वजनिक गर्न ७ भदौसम्मको समयसीमा दिएकामा आफ्ना माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

उनीहरूले आजदेखि सांकेतिक रूपमा एक घण्टा मात्र धर्ना दिने बताएका छन् । तर, माग सम्बोधन नभए धर्ना जारी रहने उनीहरूको भनाइ छ ।

पार्टीको वेबसाइटमा सदस्यता सार्वजनिक नगरिउन्जेल, जिल्ला सभापतिहरूको उम्मेदवारी एकरूपता नहुन्जेल र सच्याउने मौका नपाइनुजेल धर्ना जारी रहने एक नेताले बताए ।