एमाले स्थायी कमिटी बैठक ३ बजेका लागि सर्‍यो

एमाले स्थायी कमिटी बैठक ३ बजेका लागि सर्‍यो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज  ११ बजेका लागि तय गरिएकोे स्थायी कमिटी बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिए । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ  । त्यसका लागि आजका लागि स्थायी कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।