पाँचौं चरणको निर्वाचनको केही रोचक पक्ष

पाँचौं चरणको निर्वाचनको केही रोचक पक्ष
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

पाँचौ चरणको निर्वाचनअन्तर्गत सात राज्यको ५१ लोकसभा सिटका लागि आज निर्वाचन हुँदैछ । भाजपाले ४८ सिट र कांग्रेसले ४६ सिटमा प्रतिष्पर्धा गर्दैछ ।

काठमाडौं । भारतमा भइरहेको ५१ सिटको निर्वाचनको लागि ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा ८.७६ करोड मतदाता रहेका छन्, जसमा ४.६३ करोड पुरुष र ४.१३ करोड महिला मतदाता छन् । यस चरणमा २ हजार १ सय १४ तेस्रो लिंगीले मतदान गर्दैछन् ।

सबैभन्दा धनी उम्मेदवार पुनम सिन्हा

यस चरणका उम्मेदवारमध्ये सबैभन्दा धनी शत्रुधन सिन्हाकी पत्नी पुनम सिन्हा छन् । उनले १९३ करोड सम्पत्ति घोषित गरेकी छन् ।
यस चरणका कूल ६७४ उम्मेदवारमध्ये १८४ जनाको सम्पत्ति करोडभन्दा बढी छ ।

पिचएडी गरेका १४ र स्कुल नगएका ९

यो चरणका उम्मेदवारमध्ये १४ ले पिएचडी तहको अध्ययन गरेका छन् । यस्तै, १६२ ले पोस्ट ग्य्राजुयट, २०१ ले ग्य्राजुयट र ७७ जनाले प्रोफेसनल कोसीमा ग्य्राजुयसन गरेका छन् । यसैगरी कक्षा ५ सम्म स्कुल गएका ४४ जना र स्कुल गएका तर कक्षा ५ सम्म नपढेका ३४ उम्मेदवार छन् । ९ उम्मेदवारले भने आफूहरूले कहिल्यै स्कुलको मुख नदेखेको बताएका छन् ।