माधव नेपालको दल दर्ताका लागि सनाखत समय बुधबार ११:३० देखि २ बजेसम्म

माधव नेपालको दल दर्ताका लागि सनाखत समय बुधबार ११:३० देखि २ बजेसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

 माधव नेपाल नेतृत्वको प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म तोकेकोको छ । उक्त समयमा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जानकारी दिएको छ ।

नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेशअनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना उपस्थित हुनुपर्छ ।

नयाँ दल दर्ताका लागि ५७ जना केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाइएको छ । आवश्यक संख्या पुगेमा नेपालको नेतृत्वमा नयाँ दल बन्नेछ ।