'अब अष्टलक्ष्मीले एउटा पार्टी रोज्नुपर्छ': माधव नेपाल

'अब अष्टलक्ष्मीले एउटा पार्टी रोज्नुपर्छ': माधव नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी हुन् । तर, शाक्य नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।

मंगलबार चन्द्रगिरिमा नेपालले अष्टलक्ष्मीले आफूसँग सहमति लिएको बताउँदै तर अहिले उनफ अप्ठ्यारोमा परेकाे सुनाए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बनेको र अब कता जाने शाक्यमा भरपर्ने बताए ।