एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अहिले बैठक सुरु भएको जानकारी दिए । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ  । त्यसका लागि आजका लागि स्थायी कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।