दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ९, २०७८

आजको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।

कुल २२७ वटँ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि ४ अर्ब रुपैयाँ हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।