'शेरबहादुर देउवा तानाशाह पथमा छन्'

'शेरबहादुर देउवा तानाशाह पथमा छन्'

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १०, २०७८

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा क्रियाशील सदस्यता मनलाग्दी गरेर सभापति देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् । 

सिंहले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्र नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए । उनले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बसिराख्न पार्टीको विधान मिचेको बताए ।