आइफोन ११ !!

आइफोन ११ !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

आइफोन सीरीजको नयाँ संस्करण आइफोन ११ को डिजाइन बाहिर आएको छ । नयाँ संस्करणमा ट्रिपल रियर क्यामरा, एलइडी फ्ल्यास लाइट एप्पलको लोगोको साथमा रहनेछन् । केही महिना पहिले आइफोन ११ को बारेमा केही सूचना चुहिएको थियो । 

जर्मन ग्राफिक्स डिजाइनर हसन केम्यानले आइफोन ११ को तस्वीर सोसल मिडियामा पोष्ट गरेका थिए । तस्वीरमा आइफोन ११ को डिजाइन निकै आकर्षक देखिएको थियो । 

तस्वीरमा आइफोनको पछाडीको भागमा नयाँ डिजाइन सहितको ट्रिपल रियर क्यामरा देखिन्थ्यो । अहिलेसम्म एप्पलले आइफोनमा ट्रिपल रियर क्यामराको प्रयोग गरेको छैन् ।  

यसै वर्षको सेप्टेम्बरमा आइफोन ११ सार्वजनिक हुने अनुमान गरिएको छ । 

केही दिन पहिले एप्पलका विश्लेषक कुओले दिएको जानकारी अनुसार आइफोन ११ तथा ११ म्याक्समा १२ मेगापिक्सेलका ट्रिपल रियर क्यामरा हुन सक्नेछन् । सेल्फीका लागि १२ मेगापिक्सेलको सेंसरको प्रयोग हुनसक्छ भने रियर क्यामराका लागि १२ मेगापिक्सेलको वाइड एंगल लेंस तथा सेकेण्डरी सेंसर भने १२ मेगापिक्सेलको २x जुम भएको टेलीफोटो लेंस हुन सक्नेछ । तेस्रो सेंसर भने १२ मेगापिक्सेलकै अल्ट्रा वाइड लेंस हुन सक्नेछ ।

तर पहिले आएको एक रिर्पोटमा भने आइफोन ११मा एउटा थ्रिडी टाइम अफ फ्लाइट सेंसर हुनसक्ने बताइएको थियो । 

यसका अन्य विशेषतामा ६.१ इन्चको एलसीडी डिस्प्ले तथा वायरलेस चार्जरको प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।