‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता भदौ १० देखि २४गतेसम्म

‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता भदौ १० देखि २४गतेसम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १०, २०७८

 काठमाडौँ । नेपाली नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गइरहेको र विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्ने गरिमा विकास बैङ्कले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहनुहुने सबै नेपाली दिदीबहिनीहरूले भाग लिन सकिने समेत गरिमा विकास बैङ्कले जनाएको छ   । यस प्रतियोगितामा प्रतियोगीहरूले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनु सकिने र पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरूलाई विजेताको रुपमा छनोट गर्न नसकिने  समेत बैँकले जानकारी दिएको छ ।

 प्रतियोगिताको विजेतालाई ९,००० उप–विजेताले  ६,००० र तेस्रो हुनेलाई  ३,००० जित्नुहुनेछ भने एउटा अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले  २,००० जित्नु हुने समेत बैकले जानकारी दिएको छ । विजेताको घोषणा भिडियोमा आउने लाइकको आधारमा हुनेछ भने वेस्ट कन्सेप्ट भने अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । हामीले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरू साथै सर्तहरूलाई हाम्रो फेसबुक र वेबसाइटमा राखिएको र इच्छुक महिला टिकटकरहरुले भदौ १०  देखि २४गते  गतेसम्म टिकटक भिडियोको क्यासपनमा   #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरी टिकटक भिडियो बनाउन सक्नु पनि सूचना जारी गरेको छ  ।