मनाङ मर्शयाङदी र युटिएस बीच सम्झौता पत्रमा हस्ताक्षर : मुख्य प्रायोजक टोयोटा

मनाङ मर्शयाङदी र  युटिएस बीच सम्झौता पत्रमा हस्ताक्षर : मुख्य प्रायोजक टोयोटा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ११, २०७८

काठमाडौँ । टोयोटाले मनाङ मर्शयाङदी क्लबलाई प्रायोजन गर्ने भएको क्लब जनाएको छ ।

मुख्य प्रायोजकको रुपमा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा लि (युटिएस)ले कल्बलाई दुई वर्षको लागि प्रायोजन बापत कुल नेपाली रुपियाँ २० लाख  प्रदान गर्ने सार्वजनिक गर्दै एक कार्यक्रमका बीच  सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

युटिएसका अध्यक्ष सुरज वैद्य र  एन्फाका अध्यक्ष कर्म छिरिंङ्ग शेर्पा अतिथिका रुपमा उपस्थित रहनु भएको उक्त कार्यक्रममा युटिएसका  बिजनेस रिसर्च अनालिस्ट सुर्याश वैद्य र मनाङ मर्शयाङदी क्लबका महासचिव तेञ्जिङ गुरुङ  बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो  ।

 

खेलकुद र अटोमोवाइल क्षेत्र देशकै ठुलो उद्यम भएको र यसमा सरकारको लगानी र चासोको पनि आवश्यकता रहेको कुरालाई प्रस्ट्याउन समेत यो प्रायोजनले निकै ठुलो भूमिका खेल्ने युटिएसका सुर्यान्स वैद्यले जनाए ।

स्मरण रहोस टोयोटाले यस अघि पनि क्लबलाई  प्रायोजन गरेको थियो । सोही, साथलाई सुदृढ पार्दै फेरी पनि आगामी दुई वर्षको लागि यो सम्झौता भएको हो ।