संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशविरुद्धका रिट संवैधानिक इजलासमा

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशविरुद्धका रिट संवैधानिक इजलासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०७८

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, श्री हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

रिटमा अध्यादेशमार्फत संवैधानिक परिषद्‌को बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्ति खारेजीको माग गरिएको छ । यस मुद्दामा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको छ ।