निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०७८

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताउँदै कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको उल्लेख गरेका छन् । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको उनले बताए ।

शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको जानकारी दिए ।