नबिल बैंक: 'उद्यमशीलता विकास र वित्तीय पहुँच' कार्यक्रम पाँचखाल र पनौतीमा

नबिल बैंक: 'उद्यमशीलता विकास र वित्तीय पहुँच' कार्यक्रम पाँचखाल र पनौतीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ११, २०७८

नबिल बैङ्कले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग  'उद्यमशीलता विकास र वित्तीय पहुँच' को लागि समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको  नबिल बैङ्कले जनाएको छ ।

नबिल बैङ्क प्रमुख संस्थागत सञ्चार विभाग कृष्ण सुवेदीका अनुसार  पनौती नगरपालिकामा नबिल बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैङ्कको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम /तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैङ्कले उद्यम गर्न बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरू सुन्न आतुर भएको बताउनु भयो । त्यस्तै पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभयो । साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैङ्कसम्म पुर्‍याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैङ्किङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैङ्कसँग नगर विकास र रोजगारी सिर्जनामासंगै हातेमालो गर्ने बताउनु भएको थियो ।

नबिल बैङ्कले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हुँ। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेका हौँ । कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको बताउनु भएको थियो । 

बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।