आमा तिमी हौं ।

आमा तिमी हौं ।

योगी कुलचन्द्र  |  साहित्य  |  भदौ १२, २०७८

आमा तिमी हौ देवी  समान 
छ शक्ति तिम्रो जीवन महान
पिलाई दशधारा दूःध मलाई 
जीवन देखायौं संसार मलाई
           १
तिम्रो जीवनको भार कसरी तिरु 
म जीवन जगत संसार नै देखू 
देखाएर जीवनको मार्ग मलाई 
पहिलो शिक्षाको  पाठ पढाई 
           २
छ जीवनमा कर्तव्यकोभारी बोध  
तिम्रो हांसो खुशी दुःख साथसाथ 
सदा जीवनमा छु तिम्रो म ऋृणी 
आमा तिमी छौं जगतमै जीवन दिने 
            ३
जहाँ जाउँ जे जून कर्महरु म गरु 
जीवनमा विश्वास,सत् मायामा रहू 
सम्झना छन् कति ती बाल्य जीवन 
आमा तिम्रो खुशीहांसो सदा भन्छ मन 
              ४
आमा तिमी हौं  देवी दूर्गा शक्ति 
म सदा तन मन लगाएर भक्ति 
आमा मै समर्पण राखी सद्भाव 
कर्महरु गरु जीवन सुख दुःखसाथ