बीपीको सम्झना: तरेलीसँगै कालीको तिरमा हावासँगै पौँठेजोरी खेल्दै हिँड्दाका ती दिन

फर्कलान् र ती दिनहरू

बीपीको सम्झना: तरेलीसँगै कालीको तिरमा हावासँगै पौँठेजोरी खेल्दै हिँड्दाका ती दिन

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  भदौ १२, २०७८

बीपीको सम्झनाका तजब काठमाडौं आइयो पढ्नका लागि, एउटा अपेक्षा हुने नै भयो- उच्च शिक्षा प्राप्तिको । पढ्ने काम त नियमित हुने नै भयो तर के पढ्ने, कसरी भावी दिनको सुरक्षा हुने भन्ने चिन्तासँगै मेरो मनले राजनीतिक सङ्गतको तीब्र इच्छा गर्दै थियो नै । 

विद्यार्थीको संगठनमा नेपाल विद्यार्थी संघमा म त्यो संस्थाको स्थापनादेखि नै संलग्न थिएँ । सिन्धुली जिल्लाको नेविसंको गठनका लागि र रामस्वरूप रामसागर डिग्री कलेज, जनकपुरको कलेजस्तरमा सक्रिय रहेकै थिएँ । त्यसैले काठमाडौंमा आएपछि त्यही तन्तुलाई अझ कसिलो बनाउने इच्छा हुने नै भयो । मलाई नेविसंघको सांगठनिक पक्षको नजिकबाट यस कारणले घुलमिल गर्न सहज भएको थियो कि नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइराला मेरा सानाबा हुनुहुन्थ्यो, मेरी कान्छी सानिमा बीना कोइरालाका श्रीमान् । 

मेरी कान्छी सानिमाको विवाह नहुन्जेलसम्मको बोलाउने नाम श्यामा, श्यामु, श्याम थियो । हजुरबाकी कान्छी छोरी भएकाले नै होला, उहाँलाई छोरासरहको व्यवहार गरिन्थ्यो ।तर, अहिले उहाँको बीना कोइरालाको रूपमा नै राजनीतिक, सामाजिक तथा साहित्यिक फाँटमा परिचय छ । उहाँको नाम श्यामा राख्नुमा कारण मेरा मावलका हजुरबा र हजुरआमा श्रीकृष्ण प्रणामी हुनु भएकाले छोरीको नाम राजश्यामाको सम्मानमा श्यामा राखेको होला किनभने माहिली सानिमाको नामचाहिँ राधा थियो । मेरी आमाको बोलाउने नाम मावलमा मञ्जरी रहेछ । अहिले पनि रामेछापको पगरबासका ढुंगेल परिवारका पुराना मानिसहरूले मलाई चिन्नुपर्दा मैले भन्ने गरेको छु- हजुबा, मामा, हजुरआमा, माइजू, म त मञ्जरीको जेठो छोरो हरि हुँ  ।

सानिमाका बारेमा सोध्दा श्यामुको हालखबर के छ नि ? भन्नुहुन्छ, जबकि अर्कोतिर विपीन मेरी ठूली हजुरआमाको भाइको छोरा पनि हो । जसरी पनि मैले अघिल्लो पुस्ताको नाता अनि नेविसंको संस्थापकमध्येको एक र पहिलो अध्यक्षता गरिसकेको व्यक्ति हुनुभएकाले प्रतिबन्धित नेपाली कांग्रेसका शीर्षस्थहरूसँग सहज तरिकाले प्रत्यक्ष सम्बन्ध राख्न संभव भएको थियो । 

त्यसबेला नेपालमा रहनुभएकामा कृष्णप्रसाद भट्टराई वरिष्ठतम् नेताहरूमध्ये हुनुहुन्थ्यो किनभने उहाँले प्रवासमा बसेर नेपालको राजनीति गर्न अस्वीकार गर्नुभएको थियो तर बीपी, गणेशमानजी, सुशील कोइराला, शैलजा आचार्यसहितका अन्य नेताहरू बाहिर हुनुहुन्थ्यो । जनकपुरमा नै शीर्षस्थ नेताहरूमध्ये महेन्द्रनारायण निधिजी, जेलबाहिर रहँदाको बेलामा बोधप्रसाद उपाध्यायजी, सरोज कोइरालाजीहरूसँग संगत गरिएको थियो । बोधप्रसाद उपाध्याय अलिक निडर र निर्भयी, विमोही नेता हुनुहुन्थ्यो । पंचायती शासनले उहाँलाई केही न केही निहुँमा कारागार पठाएकै हुन्थ्यो । 

निधिजी गान्धीवादी र अहिंसात्मक आन्दोलना पक्षपाती हुनुभएकाले नेपालबाट बाहिर नजाने नै भनेर नेपालमा बसेरै नेतृत्व गरिरहनुभएको थियो । त्यसबेला महन्थ ठाकुर विद्यार्थी राजनीतिमा नै हुनुहुन्थ्यो र पनि उहाँको प्रभाव राम्रै थियो । उहाँको कम बोल्ने बानी रहेछ । त्यो कुरा उहाँ जेलबाट छुटेर आएपछि थाहा भयो । म आरआर कलेजमा भर्ना हुँदा विद्यार्थी युनियनको अध्यक्ष महन्थ दाइ नै हुनुहुन्थ्यो, रामप्रसाद गिरी सचिव हुुनुहुन्थ्यो तर उहाँहरू राजकाज मुद्दामा केन्द्रीय कारागार, काठमाडौंमा हुनुहुन्थ्यो । 

उहाँहरूसँगै आनन्द ढुंगाना पनि हुनुहुँदो रहेछ । महन्थ दाइ जेलमा हुँदै भएको कलेजको निर्वाचनमा त उहाँहरूको प्रत्यक्ष सम्पर्क हुन सकेन तर उहाँहरू छुटेपछि भने आनन्द ढुंगानाजीलाई सभापति बनाइएको थियो । अर्थात् जनकपुर प्रजातान्त्रिक संघर्षको राजनीतिमा निडरताका साथ लाग्ने जमातको नेतृत्व गरिरहेको थियो त्यो प्रतिबन्धित युगमा । यसरी जनकपुरबाट आएको म एउटा सामान्य विद्यार्थीका लागि काठमाडौंमा अझ बढी सक्रियता होला, संघर्षशीलहरूको जमात होला भन्ने ठानेको थिएँ । 
विपीनजीका कारणले मलाई नेविसंघका र नेपाली कांग्रेसका नेताहरूसँगको सम्पर्कमा कुनै कमी भएन । 

किसुनजीसँग बीपीको सरकारमा शिक्षामन्त्री रहनुभएका परशुनारायण चौधरी पनि काठमाडौंमा हुनुहुन्थ्यो । सक्रिय रूपमा नेपाली कांग्रेसमा लाग्ने त धेरै थिए होलान् तर देखिएका नेताहरूमा वासुदेव रिसाल, योगप्रसाद उपाध्याय, जगन्नाथ आचार्य मुख्य हुनुहुन्थ्यो । मार्शल जुलुम शाक्य, वीरनाथ कर्माचार्य जस्ता लडाकुहरू पनि देखिएर लागेका थिए । मार्शल जुलुम शाक्य त त्यस्तो निडर तरुण नेता हुनुहुँदोरहेछ, जसले २०१७ पुस १ गते राजाले बीपी, गणेशमाजी, किसुनजी र अरू त्यहाँ उपस्थित नेपाली कांग्रेसका नेताहरूलाई  सेनाले पक्राउ गरेपछि राजाको अप्रजातान्त्रिक कदमका विरुद्ध खुला जिपमा माइक लिएर कराउँदै हिँड्नुभएको रहेछ । 

नेपाली कांग्रेसमा अहिले पनि को कति जेल बसेको भन्ने गणना गरिन्छ र त्यसमा सबैभन्दा बढी जेलमा बस्ने नेतामा मार्शल जुलुम शाक्य पनि पर्नुहुँदोरहेछ । देशमा संक्रमणकाल थियो, त्यसैले केही युवा नेताहरू कांग्रेसका नेताका रूपमा परिणत हुँदै थिए- युवा नेताका रूपमा । त्यसमध्ये मुख्य थिए, विपीन कोइराला, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, शिवबहादुर खड्का, शेरबहादुर देउवा, प्रेमनाथ अर्याल, रामशरण महत, मार्शलजुुलुम शाक्य, अर्जुननरसिंह केसी आदि । किसुनजीको अन्तरिम सरकारका बेला २०४७ सालमा योगप्रसाद उपाध्याय, मार्शलजुलुम शाक्यसमेत सरकारमा मन्त्रीका रूपमा हुनुहुन्थ्यो । 

त्योबेलामा, प्रतिबन्धित अवस्थामा पनि नेपाली कांग्रेसमा गुटको गन्ध आउँथ्यो र एउटा गुटले अर्कोको कुरा काटिरहेका सुनिन्थ्यो तर सबै प्रतिबन्धित भएकाले त्यो फगत मनको तुष्टि हुन्थ्यो । तर, भित्रको मनको कुराचाहिँ थाहा हुन्थ्यो । उनीहरू जेल जान, कुनै पनि प्रकारको राजनीतिक त्यागका लागि भने सधैँ तयार हुन्थे । 

सुन्दा अचम्म लाग्ला, त्यो गुटको केही अंशले आज पनि काम गरेको देख्छु म । नेपाल विद्यार्थी संघको संस्थापनाको बेलामा पनि, भूमिगतरुपमा झैँ निर्वाचन हुँदा पनि गुटहरूको आधारमा निर्वाचन भएको थियो र हार-जीत भएको थियो, जसको तुष आजसम्म पनि त्यो गुटको झझल्को आई नै रहेको छ । तर, बेलाबेलामा गुटहरुरू पानीका फोकाझैँ बन्दै फुट्दै पनि गर्छन् अनि एकअर्कासँग मिल्ने पनि गर्छन् । 

आज पनि नेपाल विद्यार्थी संघमा सहज तरिकाले निर्वाचन भएर नेतृत्व हस्तान्तरण भएको मुस्किलले २-३ पटक मात्र होला, नत्र या त पार्टीले तोकेका विद्यार्थी नेताले नेतृत्व सम्हालेका हुन्छन् या कार्यकाल थपिरहेको भेटिन्छ । आज पनि तदर्थ समितिका माध्यमबाट लाखौँ विद्यार्थीको प्रतिनिधित्व गर्ने र प्रजातान्त्रिक आस्थाको संस्था नेताहरूको भागबन्डा र टीके प्रथाबाट संचालित भन्ने सुन्नुपर्दा र देख्नुपर्दा हिजोका दिनमा त्यो संस्थाका लागि रगत-पसिना बगाएर मण्डलेसँग, अखिलसँग, प्रहरीसँग मुठभेड गरेर प्रजातन्त्र जोगाउन लागेको गर्व त्यसै त्यसै सेलाएर जाँदोरहेछ । 

प्रतिबन्धितकालमा त ल प्रशासनले महाधिवेशन गर्न दिँदैनथ्यो र अधिवेशनस्थल रणभूमि हुन्थ्यो र पनि मुलुकमा युवाहरू प्रजातन्त्रको बिगुल फुक्न पनि बाध्य भए तर खुला वातावरणमै काम गरिन्थ्यो । अहिले किन यस्तो भयो भनेर जबाफ दिने पनि पो छैनन् । जताततै गुट र उपगुटको बिगबिगी देखिन्छ । यता केही वर्षदेखि क्याम्पसहरूमा समेत स्वतन्त्र युनियनको निर्वाचन हुन सकेको छैन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले आगामी दिनका लागि निर्वाचनप्रतिको पूर्वाभ्यास गराउने पनि हो र निर्वाचनमा चाहिने संयम, सहनशीलता र हार्दा हार स्वीकार गर्ने प्रजातान्त्रिक बानीको विकास गर्नु पनि हो ।

२०३६ सालको जनमतसंग्रहको घोषणासँग राजनीतिक वातावरण केही खुकुलो बनेको थियो र सबै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो । करिब ७० प्रतिशत क्याम्पसहरूमा अखिलको विजय भएको थियो । एकातिर राजनीतिक वातावरण खुकुलो भएको थियो र प्रजातान्त्रिक संघर्ष जनमतसंग्रहतर्फ केन्द्रित थियो भने  युवाहरअंमा पनि प्रजातान्त्रिक आन्दोलनको ज्योति बाल्नका लागि युवावर्गलाई आकर्षित गर्नु पर्ने थियो । हामीसँग बीपीको प्रजातान्त्रिक सिद्धान्तप्रतिको आदर्श, गणेशमानजीको सौर्य र प्रजातन्त्रका लागि गरेको त्याग अनि किसुनजीको सिद्धान्त निष्ठता र निर्भयीपनले मुलुकमा युवाहरूको मनमा नयाँ जोस जाँगर संचार हुँदै थियो । तर पनि किन १९ वर्षदेखि पंचायतको विरुद्धमा लागेको शक्तिका विरुद्धमा भर्खरैजस्तो संगठित हुँदै गरेको विद्यार्थी फाँट अखिलले साँच्चै अचम्मलाग्दो तरिकाले युवाहरूको मत हासिल गरेको थियो ।

त्यसलाई बीपीले मिनी जनमतसंग्रह मान्नुभयो र चिन्तित हुनुभएको थियो । शनिबासरीय बौद्धिक जमघटमा यसबारेमा उहाँले र गणेशमानजीले चिन्ता व्यक्त गर्दै समयको समीक्षा गर्नुभयो । बीपीको तर्क थियो- तत्कालीन अवस्थामा बीपीको उपस्थिति र जनमतसंग्रहमा बहुदलीय व्यवस्थाको विजय भएका खण्डमा नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य थिएन । त्यसैले होला, उग्र नारा दिइएको थियो- 'जनमतसंग्रह धोखा हो । राजाले जनमत आफ्नो देखाउनका लागि यो नाटक गरेको हो । त्यसैले यसलाई बहिष्कार गर्नुुपर्छ ।'

जहिले पनि उग्र नारा र युवाजन्य साहस जस्तो विरोधी कुराले बिस्तारै समाजमा ठाउँ लिँदै थियो र बीपीको विरोध नै कम्युनिस्टहरूको एक मात्र उद्देश्य थियो । भनिएको थियो- 'यदि निष्पक्ष जनमतसंग्रह गरिने हो भने केही पूर्वशर्तहरू राजाले पूरा गर्नुपर्छ ।' तर, बीपीको तर्क थियो- 'राजासमेत जनताको चाहना बुझेर पंचायत राख्ने कि सुधार गर्ने भन्ने कुरामा जनमतसंग्रह गर्न तयार छन् भने म एउटा प्रजातन्त्रवादीले त्यस चुनौतीलाई नेपाली जनताको विवेकमा किन नछाड्ने ? यदि मैलेसमेत राजाको यो विकल्पमा पूर्वशर्त राख्ने हो भने राजाको वरिपरि र निरङ्कुशता रुचाउने कम्युनिस्टहरूका लागि यो सुवर्ण मौका हुनेछ- कहिल्यै पनि नेपाली जनताका अधिकार फिर्ता नदिने ।'

ति विश्वास गर्ने या कति विश्वास नगर्ने हो भनेर आफैँमा प्रश्न गर्छु । मान्छेले सिक्ने भनेको सुनेर, देखेर, पढेर, परेर र कुनै प्रश्न नै गर्न नपाउने ठाउँमा चुपचाप परंपरालाई मान्दै जाने हो । जस्तो कि मानिसहरूका मृत्युका बारेमा आफ्नाआफ्नै दृष्टिकोण हुन सक्छन् तर समाजले देखाएको बाटो वा परंपराको चलनलाई कसरी व्यक्तिले छाडेर त्यही समाजमा रहन सक्छ र ? 

उहाँ नेपाली जनताको विवेकप्रति ढुक्क हुनुुहुन्थ्यो र बहुदलले जित्ने र मुलुकमा वैध तरिकाले पंचायतको अन्त्य र बहुदलीय व्यवस्थाको पुनर्स्थापना हुने कुरामा विश्वस्त हुनुहुन्थ्यो । बीपीले विद्यार्थीहरूको निर्वाचनका बारेमा एउटा सिद्धान्त तयार गर्नुभएको थियो । जेसुकै भए पनि ती विद्यार्थीहरू, जो निर्वाचन जितेर विद्यार्थी युनियनको नेतृत्व गर्नेछन्, तिनमा निर्वाचनप्रति आस्था बढ्नेछ र कुनै पनि समस्याको समाधान निर्वाचमार्फत गर्ने कुरामा विश्वास गर्नेछन् । 

उक्त निर्वाचनमा हामी प्रजातन्त्रप्रति आस्था राख्ने जमातको युवा समूहले कलेजहरूमा निर्वाचनमा धेरै ठाउँमा हार भएको देखिए पनि यसले कलेजहरूमा विद्यार्थीहरूको शक्ति चलायमान हुन सक्यो । ती कम्युनिस्ट युवाहरू पनि प्रजातन्त्रको त्यो अनुपम विशेषताप्रति आकर्षित हुनेछन् र भोलिको नेपालमा तिनले प्रजातन्त्रप्रति विश्वास गर्नेछन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । 

बीपीले विद्यार्थीहरूको जमातलाई २००७ सालदेखिको नेपाली कांग्रेसप्रतिको, प्रजातन्त्र स्थापना गरेको रिस ठान्नुभयो । त्यही कारणले १८ महिनामा नै सरकार अपदस्त गर्न राजालाई मद्दत गर्ने शक्ति सबैका यो समष्टिगत प्रयास हो र हामी प्रतिबन्धित भएको अवस्थामा गरिएको हाम्राविरुद्धको राजकीय झूठा आरोपको एकतर्फी र संगठित प्रयासको प्रतिफल हो भन्नुभयो ।

बीपीका विचारमा प्रजातन्त्रको पक्षमा लाग्नका लागि र हाम्रा सिद्धान्तका बारेमा अनवरत प्रचार गर्नुपर्छ ताकि बिर्सन लागेको त्यो शासनको पुनर्स्थापना हुँदा त्यसप्रति नेपाली जनता लाग्न सकून् र भावी प्रजातान्त्रिक नेपालको रेखा कोर्न जनताको सक्रिय सहयोगको अपेक्षा बढ्न सकोस् । त्यही बेलामा हो बीपीले राजाले २०१५ सालको नेपाल अधिराज्यको संविधानमा राजाका लागि संकटकालीन अधिकार, जुन संविधानको धारा ५५ मा राखिएको थियो, त्यसका बारेमा बेलायती संविधानविद् आइभर जेनिङ्सको यो भनाइ सम्झाउनुभएको थियो- 'यदि यो धारा राजाले प्रधानमन्त्री र सरकारको मन्त्रिपरिषद्को सिफारिसमा लगाए भने यसले राष्ट्रिय संकट टार्नेछ तर राजाले आफ्नो अधिकार सुदृढ गर्नका लागि एकतर्फी प्रयोग गरे भने सर्पले मुसो खाएँ भनेर छुचुन्द्रो निलेको जस्तो हुनेछ ।'

उनको आशय- जसरी झुक्किएर सर्पले छुचुन्द्रो निलेपछि या त उसको शरीर पटपट फुटेर मर्नेछ या भित्र निल्न नसकेर छुचुन्द्रो बाहिर आएमा त्यसले आपतकालीन ग्याँस जुन छाड्नेछ, त्यो बिषालु ग्याँसले गर्दा सर्पले जीवनभर आँखा देख्नेछैन । 

राजाको रोजाइ हो प्रधानमन्त्रीको सिफारिसमा त्यसलाई प्रयोग गरेर देखिएको संकटपछि फिर्ता लिन्छन् कि खाएर जिउभरि कोर लागेर मर्छन् । नभन्दै पञ्चायले जित्यो, त्यसको १० वर्षमै मुलुकमा राजाको विरुद्धमा, पञ्चायतको विरुद्धमा जनआन्दोलन भयो । 

अन्ततः २०६५ सालमा राजतन्त्र नै मासियो । झलमल्ल घाम लागेका बेलामा नै संविधानसभाको पहिलो बैठकले नै अढाई सय वर्षको राजतन्त्र फालिदियो । जानाजान प्रजातन्त्रको हत्या गरेर निर्दलीय व्यवस्था लादेकामा ३० वर्ष त राजाको प्रत्यक्ष शासन चल्यो तर त्यतिले मात्र नपुगेर राजतन्त्र नै गयो । बीपीको भाषामा भन्नुपर्दा राजाले मुसा सम्झेर छुचुन्द्रो निलेछन् २०१७ सालमा । अचम्म नमान्नुहोला- बीपीले भनेको झैँ आजको एमाले वा कुनै पनि कम्युनिस्ट आन्दोलनमा प्रजातान्त्रिक संस्कारको सुरुवात त्यही बेलामा भएको रहेछ, जुनबेला जनमतसंग्रहका बेलामा विद्यार्थी युनियनको निर्वाचनमा सहभागिता जनाएका थिए, जीतलाई स्वीकार गरेर विद्यार्थीको सेवा गरेका थिए या हारे पनि फेरि अर्को निर्वाचन पर्खेर बसेका थिए प्रतिस्पर्धाका लागि । 

कतिले सुधारिएको पंचायतमा समेत सहभागिता जनाएका थिए आमनिर्वाचन र स्थानीय निर्वाचनमा, जसमा नेपाली कांग्रेसले पनि सुधारिएको पंचायतको स्थानीय निर्वाचनमा सशर्त भाग लिएको थियो र कतिपय जनप्रतिनिधिहरूले पुस १ गतेलाई कालो दिन मानेर नमनाएकाले, पंचायतको संविधान दिवसलाई नमानेकाले जनताले निर्वाचनद्वारा दिएको पदबाट निश्कासित हुनुपरेको थियो ।

आज पनि एमालेमा या माओवादी केन्द्रमा केही मानिसहरू २०३६ सालका विद्यार्थी युनियनका उपज हुन् र आज प्रजातान्त्रिक अभ्यासमा कहिले सत्तामा त कहिले विपक्षमा संसदीय अभ्यास गरिरहेका छन् । धेरैलाई थाहा पनि छैन- त्रिभुवन विश्वविद्यालयको पहिलो निर्वाचनमा अध्यक्ष हुने नवराज सुवेदी हुनुहुन्थ्यो र उहाँलाई पंचायतमा आउन राजा महेन्द्रले नै आकर्षित गरेका थिए । पंचायतको राजनीतिमा उहाँ विघटित राष्ट्रिय पंचायतको अध्यक्ष हुनुभयो र धेरै पटक मन्त्री हुनुभयो । तर, उहाँका समवयी र एउटै युनियनमा सदस्य हुनुभएका दमननाथ ढुंगाना भने नेपाली राजनीतिमा एउटा निडर प्रजातन्त्रवादी नेता र सामाजिक अभियन्ताका रूपमा अहिले पनि सक्रिय हुनुहन्छ । ढुंगाना पनि २०४८ सालमा गठित पहिलो प्रतिनिधिसभामा सभामुख हुनुभएको थियो । 

आजका नेपाली कांग्रेसका सभापति, उपसभापति तथा मन्त्रीहरू विद्यार्थी आन्दोलनका उपज हुन् । कम्युनिस्ट पार्टीहरूमा पनि त्यस्तै देखिन्छ र राप्रपा पनि तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डल, जुन नेपाली जनमानसमा राम्रो छवि बनाउन सकेको थिएन, त्यसका अध्यक्ष कमल थापा अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । आजको राजनीतिमा सक्रिय पहिलो पुस्ता, दोस्रो पुस्ता तथा तेस्रो पुस्ता सबै विद्यार्थी आन्दोलनबाट राजनीतिक तालिम लिएर आएका देखिन्छन् ।

बीपीले यसो गमेर, सोचेर भनेका कुराहरू आज पनि कसरी लागू भएको छ भन्ने कुराले राजनीतिक विश्लेषण र दूरदृष्टिको एउटा नमुना मात्र यहाँ आफ्नो यादमा समेटेको हुँ ।

खासमा मलाई अहिले पनि धार्मिक स्थलसम्म गएर दर्शन, ध्यान र पवित्र हुने लालसा छैन । धर्मप्रति एउटा विश्वास त छ तर जब त्यसको उत्पत्ति, प्रयोग र कार्यान्वयनको आजको अवस्था देख्छु सबै धर्ममा, म रनभुल्लमा पर्छु । कति विश्वास गर्ने या कति विश्वास नगर्ने हो भनेर आफैँमा प्रश्न गर्छु । मान्छेले सिक्ने भनेको सुनेर, देखेर, पढेर, परेर र कुनै प्रश्न नै गर्न नपाउने ठाउँमा चुपचाप परंपरालाई मान्दै जाने हो । जस्तो कि मानिसहरूका मृत्युका बारेमा आफ्नाआफ्नै दृष्टिकोण हुन सक्छन् तर समाजले देखाएको बाटो वा परंपराको चलनलाई कसरी व्यक्तिले छाडेर त्यही समाजमा रहन सक्छ र ? 

परंपरा र संस्कृति भनेको आस्थाभन्दा पनि प्रयोगमा भर पर्ने कुरा हो र पनि ठ्याक्कै पहिलो पुस्ताले जस्तो नगरे पनि निरन्तरता दिनु प्रत्येक पुस्ताको बाध्यकारी कर्तव्य हुने रहेछ । एउटै परंपराको अभ्यास एउटै धर्म सम्प्रदायमा पनि फरक तरिकाले हुने रहेछ । एक दिन म बजारमा जाँदै थिएँ, हिउँदको चिसो बिहानीमा । एक हुल युवतीहरू नेपाली जस्तै देखिनेले बाइबलको नेपाली उल्थाको एउटा प्रसंग बाँड्दै रहेछन् । त्यसबेलाचाहिँ डिसेम्बरको २४ तारिख थियो जस्तो लाग्छ ।

मैले नेपाली जस्ता देखिने ती युवतीहरू जापानी महिला रहेछन्, नेपाली अलिअलि बोल्ने । तर, एकाबिहानै ख्रिस्टको प्रचारमा, इसाइ धर्मको प्रचारमा काठमाडौंको चिसोमा हिँडेका थिए, प्रत्येक घरमा गएर प्रचार गर्दै थिए बाइबलको । मैले उनीहरूलाई बडादिनको (क्रिममस डे, डिसेम्बर २५)को बधाई दिएँ तर उनीहरूले मलाई भने, 'हामी त्यस्तो क्रिस्चियन होइन, हामी त यो दिनलाई महोत्सवका रूपमा मान्दैनौँ ।'

मलाई थाहा छैन, उनीहरू कुन समूहका हुन् तर  संसारभर २५ डिसेम्बरलाई बडादिन अर्थात् क्रिसमस डे मान्ने गरेको मैले सानैदेखि थाहा पाएको हो- धर्मका बारेमा पढ्दा । तर, थाहा छैन ती धरहरा, प्रहरी भन्दै एक दिन येशू आउनु हुनेछ भन्दै प्रचार गर्ने युवतीहरू कुन समूहका होलान् ? त्यस्तै, इस्लाममा पनि कोही सिया, कोही सुन्नी या कोही यहुदी के हुन् ? थाहा छैन । यहुदी धर्म र इस्लाम धर्मले एउटै जेरुसलेमलाई पावन भूमिको रूपमा मान्दा रहेछन् र आज पनि प्यालेस्टाइन र इजरायलका बीचमा त्यही जेरुसलेम या पावन भूमिका लागि लडाइँ भएको देखिन्छ । एउटै धर्मका लागि पनि किन फरक फरक मानक ? 

हिन्दू धर्मका बीचमा पनि धेरै पन्थहरू छन् । ईश्वरका बारेमा पनि फरक फरक मानक छन् । हिन्दु हुनका लागि आवश्यक तत्त्वका पनि फरक फरक अभ्यास भएको पाइन्छ । एउटा वैष्णव सम्प्रदाय, एउटा शैव सम्प्रदाय, एउटा श्रीकृष्ण सम्प्रदाय या एउटै विष्णुका, एउटै शिवका, एउटै देवीका, एउटै बुद्धका किन धेरै पन्थ ? त्यसैले कहिलेकाहीँ लाग्छ, के ठीक हो , के बेठीक हो ? त्यसैले मलाई धार्मिक यात्रामा जान त्यति जाँगर चल्दैन तर पनि गइन्छ ।

कुनै टिकट काटिने रहेनछ । बोर्डिङ पास लिएर बेच्न बसेका हुँदा रहेछन् व्यापारीहरू । उनीहरूले पहिले नै टिकट किन्ने रहेछन् । केके होला, थाहा छैन तर  सुरेशले भने, 'गुरु, ३ हजारसम्मका फेला पारेँ ।' जबकि त्योबेलामा १५ सय रुपैयाँ भाडा लाग्थ्यो । मैले त्यति नै तिरेर पोखराबाट आएको थिएँ । होटेलले मिलाएको थियो । तर, त्यो पनि पाउन मुस्किल थियो

त्यसलाई पाखण्डीपन मान्ने कि परंपराको पालना मान्ने कि ? बाको वार्षिकीपछि म पनि तीर्थ श्राद्धका लागि मुक्तिनाथको पानी मिसिएको कागबेनी गएर बाकोे नाममा तर्पण दिएर, जौको पिण्ड दिएर आएको छु र बिस्तारै बिस्तारै मुक्तिनाथसम्म गएर आएको हुँ, २०६२ सालमा । नजाँदा पनि बाप्रतिको आस्था, जाँदा धार्मिक स्थान जानुपर्ने, स्थान विशेषको पर्यटनको मज्जा पाइने चलन थियो । अहिले त गाडी नै जाँदो रहेछ मुक्तिनाथसम्म तर त्योबेलामा पोखराबाट हवाईजहाजमा जानेबाहेक उपाय थिएन या त हिँडेर कालीगण्डकीको खोँचैखोँच जोमसोम हुँदै कागबेनी अनि मुक्तिनाथ पुग्ने चलन रहेछ । 

म जाँदा त पोखराबाट केही नखाई कालीगण्डकीमै नुहाएर तर्पण दिन जोमसोम पुग्नेबित्तिकै हिँडेर कागबेनी पुगेको थिएँ र त्यहीँ श्राद्धपछि होटेलमा सामान्य खाना खाएर उकालो लागेको थिएँ । एक्लै थिएँ । डर केको चाहिँ लागेका थियो भने यदि मलाई लेक लाग्यो भने कसले डोहोर्‍याएर तलतिर झार्ला या बिरामी भएर लडेँ भने कसले पो उद्धार गर्ला ? तर, जहाँ इच्छा, त्यहाँ उपाय भन्दै उकालो लागेँ । 

धन्न! केही भएन । राती त्यहीँ धर्मशालामा सुतेँ र भालिपल्ट मुक्तिनाथका हिउँ जस्तै चिसा पानीका धाराहरूमा एकै पटक दौडीदौडी नुहाएको थिएँ । खोइ किन हो, जाडो लागेन । त्यहाँको अखण्ड दीपको पनि दर्शन गरेँ । लाग्यो- पक्कै यो हिमाली भेगमा ग्याँसको अपार भण्डार होला ! थाहा छैन । प्रयोग गर्न सकिएको छैन । यसको कारण हो- धार्मिक विश्वास किनभने कसले पो त्यो दुस्साहस गर्ने होला हिन्दु र बौद्ध धर्मका धरोहर मुक्तिनाथमा ग्याँसको भण्डार होला भनेर उत्खनन गर्ने ? 

फर्कंदा पो थाहा पाएँ, कालीको किनारामा चल्ने हावाको झोँक्काको झापड । पूरै कालीको तिरको बालुवा, गेगर उठाएर ल्याउने रहेछ त्यहाँको हावाले । त्यसैले होला त्यहाँका प्लेन बिहान ८ः३० सम्ममा अवतरण गराएर उडान गरिसक्नुपर्ने रहेछ ।

फर्केर आउँदा बल्ल जोमसोम बजारको अवलोकन गरेँ अनि के थाहा पाएँ भने, मेरा विद्यार्थी सुरेश शेरचन होटेल खोलेर बसेका रहेछन् । अचानक भेटेँ र पो छक्क परेँ । उनलाई पहिले नै भनेँ, 'सुरेश, मलाई भोलिको प्लेनको टिकट मिलाइदेऊ है पोखराको ।'

कारण थियो- मैले आफ्ना झोलाहरू पोखराको होटेलमा राखेर गएको थिएँ । उनले भने, 'गुरु, सकेसम्म त खोज्छु, हाम्रो साथी पनि पाइलट छ, उसले त हजुरका लागि पक्कै मिलाउँछ तर ऊ आएको रहेनछ भने कम्तीमा पनि ३ गुणा तिर्नुपर्छ भाडा । यहाँ कुनै नियमले पनि काम गर्दैन । यदि फिर्ती टिकट पनि छ भने त केही गर्नुपर्दैन तर त्यस्तो मिल्दैन किनभने यहाँको मौसमका कारणले कोही पनि जोखिम उठाउन चाहँदैन ।'

कुनै टिकट काटिने रहेनछ । बोर्डिङ पास लिएर बेच्न बसेका हुँदा रहेछन् व्यापारीहरू । उनीहरूले पहिले नै टिकट किन्ने रहेछन् । केके होला, थाहा छैन तर  सुरेशले भने, 'गुरु, ३ हजारसम्मका फेला पारेँ ।' जबकि त्योबेलामा १५ सय रुपैयाँ भाडा लाग्थ्यो । मैले त्यति नै तिरेर पोखराबाट आएको थिएँ । होटेलले मिलाएको थियो । तर, त्यो पनि पाउन मुस्किल थियो । मैले अब हिँडेर जाने विचार गरेँ । 

यदि प्लेन पाए मुस्ताङको सुनौला स्याउ परिवारमा चखाउने मन थियो तर हिँडेर कालीको खोँचैखोँच जाने भनेपछि डर पनि लाग्यो । रमाइलो होला भन्ने पनि लाग्यो । तर, अचानक टिकट पाइयो ३ हजार रुपैयाँमा र सुरेशले मेरो भाग १० किलो र उनको चिनजानको पाइलट भएकाले अरू १० किलो सुविधामै हालिदिए । म त्यही दिन दिउँसो २ बजे काठमाडौं आइपुगेँ । मेरालागि त्यो भ्रमण धार्मिक भन्दा पनि नयाँ अनुभवका लागि थियो, 'दक्षिणतिर हिमाल देखिने, सबैतिर नाङ्गा पहाडको मनोरम दृश्य देखिने, दामोदर कुण्ड त्यहीँ त हो नि' भन्थे । 

हिमाली भेगको एउटा अर्को विशेषता मधेसको जस्तै पाएँ । मधेसमा पनि घाम डुबेको छैन भनेर हिंडिरह्यो, अचानक घाम अस्ताउँदा तत्काल रात परिहाल्ने । त्यहाँ पनि 'घाम त माथि नै छन्, पहाडमुनि पुग्न समय लाग्ला नि ?' भनेको त घाम पनि डुब्यो र झमक्क आँखाले नै नदेख्नेगरी रात पो पर्‍यो । एक जना अमेरिकी रुम टु रिडकी विशेषज्ञलाई मुक्तिनाथ पुग्ने बेलामा भेट्टाएको थिएँ । उनले मलाई 'यदि तिमी मन्दिरको छेउमै गएर बस्ने हो भने गइहाल नत्र यही होटेलमा बस' भनिन् । त्यहाँबाट आधा घण्टामा मन्दिर छेउको धर्मशालामा पुगिने रहेछ । 

नभन्दै उनीसँग छुट्टिएको ५ मिनेटमा नै रात परिहाल्यो । सोध्दैसोध्दै पुगेँ म किनभने भोलिपल्ट सबैरै मन्दिरको दर्शन गरेर ओरालो लाग्नु थियो- हावाको झोँक्काले नभेट्ने गरी । तर, संभव भएन र हावासँग पौँठेजोरी खेल्दै जोमसोम बजार आएँ । 
क्रमशः