रुखमा पनि पुस्तकालय

रुखमा पनि पुस्तकालय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

अमेरिकाको इडाहो निवासी ४२ वर्षीय महिला शार्ली आर्मिटेज हवार्डले उनकाृ घर अगाडी रहेको मृतप्रायः ११० वर्ष पुरानो रुखलाई सुन्दर लाइब्रेरी बनाएकी छन् । 
यसका लागि उनलाई केही महिनाको समय लागेको थियो । 

हवार्डले आफ्नो पुस्तकालयबाट निशुल्क पुस्तक उपलब्ध गराउने गरेकी छन् । उनी एक स्थानिय पुस्तकालयमा काम समेत गर्छिन् ।

शार्लीले पुस्तकालयको फोटो सामाजिक संजालमा शेयर गर्ने बित्तिकै १ लाख पटक शेयर भएको थियो भने १३ हजार कमेंट पनि आएका थिए । 

उक्त रुखमा शार्लीको छोराको गाडी ठोक्किएर दुर्घटना भएपछि उनको मनमा यो रुखलाई केही फरक बनाउने सोच बनाएकी थिइन् । त्यसका लागि उनले छिमेकीसँग तथा इन्टरनेटमा पनि सुझाव मागेकी थिइन् । 

शायद पुस्तकालयमा काम गर्ने गरेका कारण हुनसक्छ उनले यो रुखलाई पुस्तकालय बनाउने विचार गरिन् । 

यसलाई साकार बनाउन उनले रुखलाई विशेष तरिकाले काट्न लगाइन । जसले गर्दा किताब राख्न सजिलो होस । उनले यसमा एउटा ढोका पनि राख्न लगाइन् । छतको पनि व्यवस्था गरियो र पुस्तकालय भित्र बत्ति पनि राखियो । 

उनले पुस्तकालयको फोटो शेयर गरेपछि यस्तो पुस्तकालय कसरी बनाउने भनेर धेरैले उनलाई प्रश्न पनि सोध्ने गरेका छन् ।

के यस्तो पनि पुस्तकालय हुनसक्छ ? सुन्दर संसार बनाएकोमा धन्यवाद, भन्ने प्रतिक्रिया पनि शार्लीलाई प्राप्त हुने गरेका छन् । 

केही नयाँ गर्ने सोचका कारण नै यो सम्भव भएको हो, शार्ली भन्छिन् ।