एकीकृत समाजवादीले आज माधव नेपाललाई संसदीय दलको नेता चुन्दै

एकीकृत समाजवादीले आज माधव नेपाललाई संसदीय दलको नेता चुन्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको छ । 

एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ जना सांसद् छन् । प्रतिनिधिसभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, नीरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बीना बुढाथोकी र झलनाथ खनाल छन् । 

राष्ट्रियसभाका डा. वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जीसी एकीकृत समाजवादीमा आबद्ध भएका छन् । 

एकीकृत समाजवादी दलको बैठकले अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई दलको नेता छान्ने भएको छ । दलको नेताले आजै उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम छ ।