पाँचौ चरणको लोकसभा चुनाव : दिउँसो ४ बजेसम्म ५४ प्रतिशत मत खस्यो

पाँचौ चरणको लोकसभा चुनाव : दिउँसो ४ बजेसम्म ५४ प्रतिशत मत खस्यो
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

नयाँ दिल्ली । पाँचौं चरणको लोकसभा चुनाव २०१९ मा सात राज्यका ५१ सिटमा मतदान जारी छ । यी सिटमा दिउँसो ४ बजेसम्म झण्डै ५४ प्रतिशत मत खसेको छ । यी सिटमा ५३.८४ प्रतिशत मत खसेको भारतीय समाचार एजेन्सीले जनाएका छन् । 

पाँचौं चरणअन्तर्गत उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल तथा मध्यप्रदेशका ७–७, विहारका ५, झारखण्डका ४ र जम्मू–काश्मिर र अनन्तनागको १–१ सिटका लागि चुनाव भइरहेको छ ।