अनेसासद्वारा 'नवरत्न पुरस्कार' प्रदान

अनेसासद्वारा 'नवरत्न पुरस्कार' प्रदान

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १४, २०७८

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका ९ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सम्मान अर्पण गरिएको हो ।

समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल 'निशा', गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा बीना बर्मालाई पुरस्कृत गरेको छ । 

कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि अनेसास बोर्ड अफ ट्रष्टी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला', ट्रष्टी सल्लाहकारद्वय रोहिणी शर्मा र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइटेल, अनेसास बीओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास महासचिव सर्वज्ञ वाग्ले, अनेसास सचिव विमला निरौला र अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषीले मन्तव्य राखेका थिए ।

पुरस्कार प्रायोजकका तर्फबाट दीपा राई पुन, मेनका पराजुलीले मन्तव्य राखेका थिए भने प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनासी, ज्योति पौडेल, जानुका ढुंगेल वस्ती, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा र विमला निरौलाको सहयोग रहेको थियो ।

सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको यो पुरस्कार चयन समितिमा यस पटक लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक २ वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि नगद २०० अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।