प्रदीप नेपालले छाडे माधवको साथ

प्रदीप नेपालले छाडे माधवको साथ

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १४, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् ।

पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छाडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । 'तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो', नेपालले सामाजिक संजालमा भनेका छन् ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । 'माधव कमरेड, म केपीसँग जान्नँ किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ', नेता नेपालले लेखेका छन् ।