मन्जु बिमलीले ल्याइन् उपन्यास 'अतृप्ति'

मन्जु बिमलीले ल्याइन् उपन्यास 'अतृप्ति'

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १५, २०७८

साहित्यकार मन्जु बिमलीको तेस्रो कृति उपन्यास 'अतृप्ति' आज आफ्नै ९१ वर्षीय आमा राममाया बिमलीको हातबाट कपन आकाशे धारास्थित आफ्नै धरमा फेसबुक लाइभ गरी लोकार्पण गरियो ।

कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको उपस्थिति थियो । १७६ पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको, मानिस कमजोरीसहितको हुने हुनाले त्यसलाई उसकै अवस्थामा हेरिएको लेखक मन्जु बिमलीले बताइन् ।

प्रकाशकचन्द्र शिवाकोटी, आमा राममाया बिमली र साहित्यकार कृष्ण धराबासीले उपन्यासमाथि आफ्ना विचारहरू राखेका थिए । बिमलीका यसअघि २ वटा कृति 'दुई थोपा आँसु' कवितासंग्रह र 'खीर' संस्मरण प्रकाशन भइसकेका छन् ।