अन्तत: नक्कली अन्तःशुल्क स्टिकरका कारोबारी राजस्व विभागको नियन्त्रणमा

अन्तत: नक्कली अन्तःशुल्क स्टिकरका कारोबारी राजस्व विभागको नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७८

काठमाडौँ । विगत लामो समयदेखि  आन्तरिक राजस्व कार्यालय धनगढीका कर्मचारीसँगकाे मिलोमतोमा नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने दुई जनालाई हर्केष सिंह र संग्राम साउदले आन्तरिक राजस्व विभागले नियन्त्रणमा लिएको जनाएको छ ।  

आन्तरिक राजस्व विभागका अनुसार  राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदले विगत लामो समयदेखि अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको अनुसन्धानबाट पत्ता लागेकाे थियो । 

हर्केष सिंह र संग्राम साउदले पटक पटक भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत ससाना डिष्ट्रिलरीमा वितरण गर्ने काम गरेको भेटिएपछि नियन्त्रणमा  लिएको जानकारी आन्तरिक राजस्व विभागका महानिर्देशक  शोभाकान्त पौडेलले जानकारी दिनु भएकाे छ 

महानिर्देशक पौडेलका अनुसार सिंह र साउद आफैले सञ्चालक रहेकाे वेष्टर्न लिकर्स मसुरिया कैलालीमा  नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटेपछि विभागले अनुसन्धानकाे दायरामा ल्याएकाे हो ।  अभियुक्तहरुलाई अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही हुने समेत महानिर्देशक  पौडेलले जानकारी दिनु भएकाे छ  ।