युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार : डा. गोविन्दराज भट्टराईलाई

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार : डा. गोविन्दराज भट्टराईलाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १७, २०७८

दार्जिलिङ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरले पहिलोपटक प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक साहित्यकार डा.  गोविन्दराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएकाे छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरकी अध्यक्षका अनुसर   पुरस्कारमा नगद भारु एक्काइस हजार राशीसहित अंग बस्त्र तथा स्मृति चिन्ह प्रदान गरिंदै आएको छ । सो निर्णय च्याप्टरकी अध्यक्ष लतिका जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सो पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नु भएको हो । यस पुरस्कारका जुरी संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकालीले सो पुरस्कारका लागि डा. गोविन्दराज भट्टराईको नाम सिफारिस  अनुसार नै कार्यसमितिको बैठकले  निर्णय गरिएकाे जनाइएको छ ।

वि. सं. २०१० साउन १२ गते च्याङ्थापु, पाँचथरमा जन्मिनु भएका डा. गोविन्दराज भट्टराईका उपन्यास, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, समालोचना गरी दर्जनौं कृतिहरु  छन भने अनुवाद र सम्पादनका दर्जनौं कृतिहरु पनि प्रकाशित रहेका छन ।