डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ? नगद कति ?

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ? नगद कति ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १८, २०७८

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । १७ भादौमा बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख रुपैयाँ बराबरको बोनस शेयर र १.०५३ प्रतिशतले हुन आउने एक करोड २१ लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने भएको छ ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् साधारणसभाको छलफलमा समावेश गरिनेछ ।

प्रस्ताव गरिएको लाभांश वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउनेछन् ।