हामी पनि कसम खाऔँ

हामी पनि कसम खाऔँ

एलिसा ढुङ्गाना  |  साहित्य  |  भदौ १९, २०७८

यदि,
आमाको दुधका धारा
र बाबाको स्नेहका नदी  
एकैसाथ नबगेको भए 
के हामी हुन्थ्यौँ होला र ?
के यो देश देश रहन्थ्यो होला र ?  

ए !  हजुर 
एकछिन् गम्भीर भएर सोचौँ न 
आफूले आफैँलाई
समयको लयलाई
र कर्मको मैदानलाई 
एकैछिन् महसुस गरौँ न 
आमाको प्रसव पीडालाई 
बाबाको परिश्रम–पसिनालाई
र, जीवनको अर्थलाई ।

त्यसो त, 
जीवनयात्राको गतिशीलतामा 
टक्क उभिएर 
आकाशभरि चम्किएका ताराझैँ चम्किन 
कैयौँ कोसिस गरेरहेकै छु
मानवताको पहाड चढ्न 
जीवनमा उज्यालो छर्न
चेतनाको जङ्घार तरिरहेकै छु ।

आजभोलि 
हिमालहरू, पहाडहरू, तराई मधेशहरू
एकापसमा हातेमालो गरेर
चट्टानहरु फोरिरहेका छन्,
एउटै लयमा 
डाँफे र मयुरहरू 
समृद्धिको इन्द्रेनीको गीत गाइरहेका छन् !
  
आउनोस् न 
हामी पनि युग निर्माण गर्ने कसम खाआँैँ ।   
देशको इतिहास रचिने
यस महान् अभियानमा सहभागी हौँ ।
०००

आजभोलि 
हिमालहरू, पहाडहरू, तराई मधेशहरू
एकापसमा हातेमालो गरेर
चट्टानहरु फोरिरहेका छन्,
एउटै लयमा 
डाँफे र मयुरहरू 
समृद्धिको इन्द्रेनीको गीत गाइरहेका छन् !
  
आउनोस् न 
हामी पनि युग निर्माण गर्ने कसम खाऔँ ।   
देशको इतिहास रचिने
यस महान् अभियानमा सहभागी हौँ ।