ईश्वर पोखरेल : मन्द स्वरको ‘मैले डिजर्भ गर्छु’ अध्यक्ष हुन कि तेस्रो कार्यकालका लागि 'बार्गेनिङ' !

लोकसंवाद टिप्पणी

ईश्वर पोखरेल : मन्द स्वरको ‘मैले डिजर्भ गर्छु’ अध्यक्ष हुन कि तेस्रो कार्यकालका लागि 'बार्गेनिङ' !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७८

कुनै बेला एमालेभित्र ईश्वर पोखरेल र प्रदीप नेपालको जोडीलाई 'कामयावी जोडी' मानिन्थ्यो । यी २ नेता भएनन् भने पार्टीको जनसम्पर्क र व्यवस्थापनको काम अधुरो हुन्छ भन्ने मान्यता थियो ।

कालान्तरमा प्रदीप नेपाललाई स्वास्थ्यले साथ दिएन र उनी अहिले एमाले कि एकीकृत समाजवादी भन्दै बसेका छन् । ईश्वर पोखरेल भने विस्तारै 'एमालेको भावी अध्यक्ष हुँ' भन्दै हिँडेका छन् । ठूलो स्वरले अध्यक्षको 'उम्मेदवार हुँ' भन्यो भने वर्तमान अध्यक्ष केपी ओलीको अघोषित कारवाहीमा परिएला कि भनेर कसैले पनि नसुन्ने गरी 'अध्यक्षका लागि योग्य छुु' भन्ने सन्देश दिन थालेका छन् । त्यो पनि करकापले कोही कसैले अब एउटै कक्षा ३ पल्ट पढ्ने हो भन्यो भने दशौँ महाधिवेशन आउँदै छ, त्यहीँबाट निर्धारण हुन्छ कि कसलाई कार्यकर्ताले केमा 'ठेगान' लगाइदिनेछन् ।

नेकपा एमालेको दशौँ महाधिवेशनको मिति तोकिएपछि नेताहरू महाधिवेशन केन्द्रित हुन थालेपछि महासचिव पोखरेल पनि आफू निकट केही नेताहरूलाई परिचालन गरेर ओलीसँग 'वार्गेनिङ पावर' बढाउन थालेका छन्  । उनी अहिले पार्टीमा आफ्नो योगदान र अहिलेको अवस्थाबारे जानकारी दिँदै अप्रत्यक्ष रूपमा महाधिवेशनको तयारीमा लागेको जानकारी दिन थालेका छन् । केही दिनअघि महासचिव पोखरेलले घुमाउरो तरिकाले एमालेको अध्यक्ष हुनका लागि आफू योग्य रहेको बताएका थिए ।

८ भदौमा केपी शर्मा ओलीले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भनेको एक हप्ता पनि नबित्दै महासचिव पोखरेलले अध्यक्षमा आकांक्षा व्यक्त गरे । तर, कसैले केही भनिहाल्छन् कि जसरी अंग्रेजीमा बोल्दै ‘अध्यक्ष पद म डिजर्भ गर्छु’ भने । पत्रकारहरूले पनि ईश्वर पोखरेललाई आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाइदिइहाले ।  

केपी ओली र पुष्पकमल दहालले  एमाले माओवादी एकीकरणका बेला आफ्नाे भन्दा एक पद तलका उपमहासचिव विष्णु पौडेलले महासचिव भएकाे खबर संचार माध्यमाबाट थाहा पाउने पात्र मात्र होइन, पौडेलले महासचिव पाउँदा सचिवालय सदस्यमा मात्र चित्त बुझाएका  थिए । 

पार्टीमा आएको उत्तारचढाव र आफ्नो योगदानका बारेमा संक्षिप्त चर्चा गर्न थालेका महासचिव पोखरेलले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि आफू योग्य रहेको बताउन थालेका छन् । ‘म व्यक्तिगत ढंगले मेरो हिस्ट्री, मेरो निरन्तरता, मेरो क्षमताले, म (अध्यक्ष पद) डिजर्भ गर्छु भनिरहनै परेन । तर, देशको परिस्थिति कस्तो हुन्छ, देशभरिका कार्यकर्ताको चाहना के हुन्छ ?’, संचारकर्मीसँग उनले भनेका थिए ।

आठौँ र नवौँ महाधिवेशनमा महासचिव भएको र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले कक्षा नदोहोर्‍याउने बताइरहेका बेला तपाईंका लागि सहज अवस्था आएको हो ? भन्ने संचारकर्मीको जबाफमा महासचिव पोखरेलले अध्यक्षका लागि 'म डिजर्भ गर्छु' भन्न बाध्य भएका थिए । आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने भन्दै अध्यक्षको उम्मेदवार हुँ भनेर खुलस्त गर्न भने चाहेनन अर्थात् सकेनन् उनले ।

नेकपा एमालेको आगामी महाधिवेशन १० वैशाख २०७९ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो साता विधान महाधिवेशनको आयोजना गरिएपछि उनी आफू निकट नेताहरूलाई पनि परिचालन गर्न थालेका छन् । असोजमा विधान अधिवेशन र मंसिरमा दशौँ महाधिवेशन गर्ने भएपछि महासचिव पोखरेलको अब अध्यक्षकै उम्मेदवारको रूपमा अघि सार्दा ओली पक्षका अन्य नेताले उनलाई सहयोग गर्ने/नगर्ने बुझ्न प‍नि अध्यक्षका लागि 'म डिजर्भ गर्छु' भनेका हुन् कि भन्ने अनुमान पनि गरिएको छ । अध्यक्ष पद आफुलाई  सुरक्षित गर्न नसके पनि तेस्रो पटक माहासिचव सुरक्षाका लागि वार्गेनिङ पावर बढाउन लागेका हुन् भन्ने पनि एकथरिको बुझाइ छ । 

केपी ओली र पुष्पकमल दहालले  एमाले माओवादी एकीकरणका बेला आफ्नाे भन्दा एक पद तलका उपमहासचिव विष्णु पौडेलले महासचिव भएकाे खबर संचार माध्यमाबाट थाहा पाउने पात्र मात्र होइन, पौडेलले महासचिव पाउँदा सचिवालय सदस्यमा मात्र चित्त बुझाएका  थिए । 

अहिले पनि विष्णु पौडेलको समूहले महासचिव बन्न पोखरेललाई सहयोग गर्ने अवस्था छैन । अहिले पौडेलको समूहले पोखरेललाई 'नालायक' सावित गर्न भएभरकाे संयन्त्र परिचालन गरेर एकपछि अर्काे जिम्मेवारी खाेस्ने काम भइरहेकाे छ । यसैकाे परिणाम थियाे पार्टीमा  देखिएकाे समस्या समाधान कार्यदलदेखि सरकारमा रहँदा रक्षा मन्त्रालयको जिम्मेवारी खाेसेर बिनाविभागीय (प्रधानमन्त्री कार्यालय)काे उपप्रधानमन्त्रीमा सीमित गरियो । उता, नेकपा अस्तित्वमा नरहेका कारण महासिचव नभए पनि पार्टीमा कामकाजको भूमिकामा विष्णु पौडेल रहे भने साेही समयमा अर्थमन्त्री र मन्त्रालयकाे जिम्मेवारी प्राप्त गरे । 

२-२ पटक महासचिव भए पनि पोखरेल एउटा सानो कोटरीमा रमाउने र केही सीमित एकाध व्यक्तिलाई काखी च्यापेर हिँड्ने भएकै कारण उनी नेतृत्वका लागि सक्षम छैनन् भन्नेमा पार्टीभित्रको विष्णु पौडेललगायतकाे ठूलो पंक्ति 'कन्भिन्स' छ र अरुलाई 'कन्भिन्स' गर्दै  हि‌ंडिरहेका छन् । 

यही कुरा बुझेका पोखरेल आफूलाई आगामी नेतृत्वका लागि खासै जोडबलका साथ अगाडि बढाउन सकिरहेका छैनन् । सरकारमा रहँदा ओम्नी समूह र द्रुत मार्गको ठेक्का विवादमा फसेका कारण पनि खुलेर अध्यक्षमा दाबी गर्न नसकेका मानिएकाे छ । उनले पार्टीभित्र सुरक्षित मार्ग पहिल्याउन लामो समय अध्यक्षको उम्मेदवार हुँ भन्दै ओली र निकटवर्तीसँग 'वार्गेनिङ' भने कायम राख्ने गरेका छन् ।

आउँदो महाधिवेशनमा ओली नै अध्यक्ष बन्ने प्रबल संभावना रहेकाले पोखरेललाई भन्दा ओलीलाई नै बढी समर्थन रहनेमा २ मत छैन तर पनि ओलीसँग असन्तुष्ट रहेका केही व्यक्तिलाई समेटेर पोखरेलले सुरक्षित स्थानका लागि ओली निवास बाद्यकोटमा अध्यक्षको उम्मेदवारी बोकेर अन्तिमसम्म धर्ना दिने संभावना छ, त्याे पनि तेस्राे पटक महासचिवका लागि ।