सम्मेलन सकिएको १० दिनपछि वाईसीएलले छान्यो संयोजक र सहसंयोजक

सम्मेलन सकिएको १० दिनपछि वाईसीएलले छान्यो संयोजक र सहसंयोजक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७८

राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि नेकपा (माओवादी केन्द्र)को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले संयोजक र सहसंयोजक चयन गरेको छ । 

वाईसीएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् ।

हालै सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो । वाईसीएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको थियो । वाईसीएलको २ दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो ।