काठमाडौंको सीडीओमा रिजाल, पराजुली गृह मन्त्रालय तानिए

काठमाडौंको सीडीओमा रिजाल, पराजुली गृह मन्त्रालय तानिए

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७८

काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सीडीओको जिम्मेवारी दिइएको हो ।

यसअघि सीडीओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।