बैठक स्थगित भएपछि संसद भवन पुगे ओली

बैठक स्थगित भएपछि संसद भवन पुगे ओली
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७८

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशनअन्तर्गत बुधबार प्रतिनिधिसभाको पहिलो बैठक एमालेका सांसदहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् ।