वर्षमान पुनले भने: २ पटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !

वर्षमान पुनले भने: २ पटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७८

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले २ पटक संसद् मारेकाले संसद् अवरोध गर्नु नौलो नभएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेका सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले २-२ पटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।