विश्वप्रकाश र गगनको उम्मेदवारीको अन्तर्य: सन्तुलित कांग्रेस बनाउने रणनीति !

विश्वप्रकाश र गगनको उम्मेदवारीको अन्तर्य: सन्तुलित कांग्रेस बनाउने रणनीति !

अनुरोध शर्मा  |  दृष्टिकोण  |  भदौ २४, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणाको क्रम पनि तीब्र बनेको छ । पार्टी सभापतिका लागि युवा नेता कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान सभापति शेरबहादुर देउवाको दोहोरिने चाहना प्रकट भइरहेकै छ ।

हरेकजसो पार्टीमा युवा नेतृत्वको चर्चा विगतदेखि नै चलिरहे पनि युवाहरूले जिम्मेवारी लिने साहस गर्न सकिरहेका थिएनन् । यसै कारण उनीहरू आलोचित पनि बनिरहेका थिए । ‘फुइँ ठूला लगाउने, खुट्टी दह्रो टेक्न नसक्ने’ भनेर युवा नेतामाथि टिप्पणी भइरहेका थिए ।

यस पटक भने नेपाली कांग्रेसमा युवा पंक्ति निकै बलियोसँग अगाडि आएको संकेत दिइरहेका छन् । स्थानीय वडा तहदेखि नै युवाको प्रतिनिधित्व र सहभागितामा उल्लेख्य वृद्धि भएको छ । अब प्रदेश र केन्द्रीय तहमा पनि युवाकै नेतृत्वको चाहना आमकार्यकर्तामा पनि देखिएको छ ।

यहीबीच केही समयअघि युवा नेता गगनकुमार थापाले यस पटक पनि महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसेकका छन् । उनले अघिल्लो १३औँ महाधिवेशनमा पनि महामन्त्रीमा उम्मेदवारी दिएका थिए । उक्त महाधिवेशनमा गगन कृष्णप्रसाद सिटौलाको धार अर्थात् कांग्रेसको त्यसबेलाको तेस्रो धारका तर्फबाट उम्मेदवार बनेका थिए ।

राजनीतिक बजारमा शर्मा र थापाको उम्मेदवारीलाई फरक ढंगले पनि हेरिएको छ । थापा सिटौला खेमाबाट पौडेल–कोइराला खेमातिर जानुको संकेत उक्त खेमाबाट महामन्त्रीका उम्मेदवार उनी मात्र हुन सक्छन् भन्ने हुन सक्छ । यता, संस्थापन वा सभापति देउवा खेमाबाट प्रवक्ता शर्मालाई अर्को महामन्त्रीका लागि अघि सारिएको अनुमान पनि धेरैको छ ।

यस पटक भने गगनले आफ्नो खेमा परिवर्तन गरेका छन् । उनी केही दिनअघि रामचन्द्र पौडेल र शशांक कोइरालाको खेमाको भेलामा देखिएका थिए । कित्ता परिवर्तनलाई राजनीतिमा सामान्य लिइए पनि थापाको यस पटकको कित्ता परिवर्तन राम्रै ‘मोलमोलाइ’का साथ भएको अनुमान बजारतिर हुन थालेको छ ।

यसै क्रममा आज बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर कांग्रेस प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्माले बीपी संग्रहालय सुन्दरीजल पुगेर रुद्राक्षको बिरुवा रोप्दै ‘कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउन’ आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।

शर्मा र थापाको महामन्त्री पदमा उम्मेदवारी घोषणाले केही नयाँ संकेतका रुपमा लिइएको छ । कांग्रेसको पछिल्लो संशोधित विधानले २ जना उपसभापति र २ जना महामन्त्री निर्वाचित गर्ने प्रावधान राखेको छ । यही प्रावधानलाई हेरेर थापा र शर्माले एउटै पदमा सहमातिमा नै उम्मेदवारी दिएको समेत अनुमान लगाउन थालिएकाे छ ।  

विधानतः २ जना महामन्त्री हुने भएपछि युवाबीच चर्चित, लोकप्रिय र क्षमतावान् मानिएका यी २ नेताका लागि महामन्त्रीको बाटो खुलेको रुपमा पनि अर्थ्याउन थालिएको छ । तर, राजनीतिमा सोचेजस्तै सहज भने हुँदैन । रूप, रङ, उमेर, सम्पत्ति वा ठूलो, सुन्दर जीउडालले राजनीतिमा धेरैजसो काम गर्दैन, कथंकदाचित गरिहाले पनि ।

तथापि, थापा र शर्माले उक्त पद अर्थात् नेपाली कांग्रेसको महामन्त्री ‘डिजर्भ’ गर्न भने सक्छन् । उसका लागि उनीहरूले पनि ठूलै चुनौती भने सामना गर्नुपर्ने हुन सक्छ । जस्तो कि यदि २ भन्दा बढी उम्मेदवारी परेमा अनिवार्य निर्वाचन हुनेछ । निर्वाचनमा उनीहरूसँग प्रतिस्पर्धा गर्नेहरू कति बलिया र प्रभावकारी हुन्छन्, त्यसमा पनि उनीहरूको विजय भरपर्छ ।

डा. प्रकाशशरण महत र युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीका लागि रुचि देखाइरहे पनि हालसम्म ‍‍‍औपचारिक रुपमा घोषणा  भने भइसकेको  ‌‍ छैन । उनीहरू पनि पार्टीभित्र साह्रै कमजोर मानिँदैनन् । यसो भएमा थापा र शर्माले ‘ह्याकुलाले मिच्ने’ सामर्थ्य अवश्य कमजोर हुनेछ ।

तर, राजनीतिक बजारमा शर्मा र थापाको उम्मेदवारीलाई फरक ढंगले पनि हेरिएको छ । थापा सिटौला खेमाबाट पौडेल–कोइराला खेमातिर जानुको संकेत उक्त खेमाबाट महामन्त्रीका उम्मेदवार उनी मात्र हुन सक्छन् भन्ने हुन सक्छ । यता, संस्थापन वा सभापति देउवा खेमाबाट प्रवक्ता शर्मालाई अर्को महामन्त्रीका लागि अघि सारिएको अनुमान पनि धेरैको छ ।

र, यो स्वाभाविक पनि छ अनि सन्तुलित राजनीतिका लागि दुवै खेमाको महत्त्वपूर्ण पदाधिकारीमा उपस्थितिले स्वयं कांग्रेस पार्टीलाई नै सशक्त बनाउने देखिन्छ ।