एमसीसीबारे धारणा बनाउन ४ दलको बैठक जारी

एमसीसीबारे धारणा बनाउन ४ दलको बैठक जारी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७८

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको हो । 

एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरूको बैठक बसेको हो । 

४ दिने नेपाल भ्रमणका लागि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन् । 

उपाध्यक्ष फातिमाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।