कोरोनाको विकल्प: ‘तारिख पे तारिख, तारिख पे तारिख’ भनेझैँ ‘भ्याक्सिन पे भ्याक्सिन, भ्याक्सिन पे भ्याक्सिन’

कोरोनाको विकल्प: ‘तारिख पे तारिख, तारिख पे तारिख’ भनेझैँ ‘भ्याक्सिन पे भ्याक्सिन, भ्याक्सिन पे भ्याक्सिन’

ज्ञानमित्र  |  दृष्टिकोण  |  भदौ २४, २०७८

गोदावरीकी एक जना महिला पूजा कोरोना संक्रमणको उपचारका क्रममा २०-२२ दिन अस्पताल बसेर निगेटिभ भई फर्किनुभयो । नेगेटिभ हुँदा पनि उहाँलाई सहज भएन । जीउ दुख्ने, खान मन नलाग्ने, थोरै हिँड्दा पनि थाक्ने, सामान्य घरायसी काम गर्दा चक्कर लाग्ने आदि समस्याले उहाँले पुनः अस्पतालको चक्कर लगाउन थाल्नुभयो ।

‘सर, २ महिना भइसक्यो । विभिन्न अस्पताल र डाक्टर भेट्दा र टेस्ट गर्दागर्दै डेढ लाख रुपैयाँ सकियो । केही फाइदा भएको छैन । के गर्ने होला ?’, उहाँले भन्नुभयो ।

कम्युनिस्ट वृत्तको एउटा लोकप्रिय अनलाइनका मालिक दुवै डोज भ्याक्सिन लगाएपछि पनि संक्रमित भई लामो समय अस्पताल बस्नुभयो । आफ्नो जिजीविषा र दृढ इच्छा शक्तिले अन्ततः उहाँ कोरोना संक्रमणलाई पराजित गरी संक्रमणमुक्त भई घर आउनुभयो ।

उहाँले केही दिन पहिला होटल हिमालयमा भेट गर्न बोलाउनुभयो । ‘ऐ स्वामीजी, बाँचेर त आइयो तर संक्रमणको प्रभाव अझै बाँकी छ ।  १० मिनेट हिँड्दा पनि स्वाँस्वाँ हुन्छ । बोल्दा पनि अप्ठ्यारो हुन्छ । लौ न आयुर्वेदसँग यसको कुनै उपाय छैन ?’

सम्झिएँ, नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउनुपूर्व नै यी मित्रलाई संक्रमणबाट सुरक्षित रहन निःशुल्क यौगिक उपाय दिएको थिएँ तर कम्युनिस्ट पृष्ठभूमिका मित्रलाई हिन्दु संन्यासी एवं पद्धतिमा विश्वास कसरी हुन्थ्यो ! उहाँले औषधि पाएर पनि सेवन गर्ने विधि सोध्नुभएन । औषधि उहाँको छोराका हात पठाएको थिएँ । सेवन गर्ने विधि उहाँले फोनमा सोध्नुपर्ने भनेको थिएँ । उहाँको फोन नै आएन ।

कोरोनाको दोस्रो लहरको प्रकोपमा मेलम्चीका एक जना मित्रले निषेधाज्ञाकै अवधिमा ८-१० जना कोरोना संक्रमितका लागि औषधि मगाउनुभयो । सबै औषधिको अग्रिम भुक्तानी गर्नुभयो ।\

मानव शरीरमा रहेका हजारौँ प्रोटिनसँग कोरोना भाइरसलाई मतलब छैन । उसलाई त खास आफूलाई चाहिने प्रोटिनको आपूर्ति आवश्यक हुन्छ । यदि भाइरसलाई चाहिने प्रोटिनको उत्पादन  शरीरमा बाधित हुने हो भने संक्रमित मानिसलाई ४-५ दिनमा स्वस्थ बनाउन  सकिन्छ । 

३ दिन पहिला उहाँको फोन आयो, ‘ए हजुर, म त कोरोना संक्रमित भई २०-२२ दिन अस्पताल बस्नुपर्‍यो । नेगेटिभ भएर घर त आएँ तर दुःखले छाडेको छैन । जीउ दुख्ने, सास फुल्ने, कताकता के भएको थाहै नहुने स्थितिमा पो छु । हामी श्रीमान्-श्रीमती दुवै जना बडो तनावपूर्ण अवस्थामा छौँ । के गर्ने होला भनेर तपाईंलाई फोन गरेको ।’

माथि वर्णित यी प्रतिनिधि घटना मात्र हुन् । कोरोना संक्रमित भई लामो समय अस्पतालमा उपचार गरी कोरोना नेगेटिभ भई फर्केका व्यक्तिमा पोस्ट कोभिडका अनेको समस्या देखिएका छन् ।

पहिला  यससम्बन्धी अध्ययनबारे सामान्य चर्चा गरौँ (विस्तृतमा यस लिंकमा हेर्नुहोस्) । 

ब्रिटिस मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टका अनुसार  अस्पतालबाट उपचार गरी फर्केका  झण्डै ५० प्रतिशत मानिसमा कुनै न कुनै किसिमको समस्या छ । एक वर्ष भइसक्दा पनि उनीहरूमा थकान अथवा मांसपेशीमा कमजोरी रहेको देखिएको छ । वैज्ञानिकहरू यसलाई ‘लङ कोभिड इफेक्ट’ भनी अध्ययन गरिरहेका छन् । विभिन्न अध्ययनअनुसार २४ प्रतिशतमा मिर्गौला र १२ प्रतिशतमा हृदयसम्बन्धी समस्या पनि देखिएका छन् ।

आधुनिक चिकित्साशास्त्रले एउटा रोगलाई पैरोस्मिया भन्छ । यस रोगमा मानिसलाई कुनै वस्तुमा त्यो वस्तुको गन्ध नआई अन्य सडेगलेका मासु, प्याज अथवा लसुनको जस्तै गन्ध आउँछ । यससम्बन्धी भएको अध्ययनका अनुसार कोरोना संक्रमणबाट मुक्त भएका मानिसमा पैरोस्मियाको समस्या ९ दिनदेखि ६ महिनासम्म रहन सक्छ ।

संसारभर एउटा ‘ट्रेन्ड’ के देखिएको छ भने, कोरोना संक्रमित भई लामो समयसम्म अस्पताल बसेका झण्डै ५० प्रतिशत मानिसलाई ‘लङ कोभिड इफेक्ट’का रूपमा विभिन्न समस्याले सताएको छ । नेपाल पनि यस समस्याले मुक्त नभएको माथि उल्लेखित ३ जना पात्रको चर्चाले स्पष्ट हुन्छ ।

पोस्ट कोभिड अथवा लङ कोभिड इफेक्ट विश्वव्यापी समस्या बन्दै गइरहेको छ । साँचो भन्ने हो भने आधुनिक चिकित्साशास्त्रसँग कोरोना संक्रमणको कुनै कारगर उपचार नभएजस्तै लङ कोभिडले निम्त्याएका समस्याको पनि कुनै प्रभावकारी उपचार छैन ।

योग र आयुर्वेद के भन्छन् ?

कोरोना भाइरसको उदय भएयता आधुनिक चिकित्साशास्त्रसँग रहेको सर्वश्रेष्ठताको घमण्ड चुर भयो । के यससँग कोरोना संक्रमण हुन नदिने कुनै ज्ञान, उपाय, प्रविधि छ ? के यससँग संक्रमित भएको व्यक्तिको उपचार गर्ने सटीक पद्धति छ ? के यससँग अस्पतालमा बसेर निको भएका मानिसमा देखिएको लङ कोभिड इफेक्ट निर्मूल गर्ने कुनै ज्ञान अथवा जानकारी छ ?

योग र आयुर्वेदसँग प्रमाण माग्नु सट्टा आफँै प्रयोग गरी हेर्नुहोस् । यस लेखको विषयवस्तु लङ कोभिड इफेक्ट र यस जनित समस्या निदान विषयक हो । पोस्ट कोभिड अथवा लङ कोभिड अथवा सरल भाषामा कोरोना लागेर लामो समय अस्पतालमा बसी संक्रमणमुक्त भएका मानिसमा जे जस्ता समस्या छन्, तिनको निदान घरमै गर्नुहोस् । 

कसरी ?

एक गिलास पानी उमाल्नुहोस्, त्यसमा एक चम्चा ज्वानो हाल्नुहोस् र एक डल्लो गुड (सख्खर, भेली आदि) हालेर मजासँग चिया जस्तै पकाउनुहोस् । यसलाई छानेर चिया जस्तै मनतातो अवस्थामै पिउनुहोस् । 

दिनमा २ पटक एक सातासम्म पिउनुहोस् । यस अवधिमा तपाईंले कुनै पनि खाले ‘एनिमल प्रोटिन’ (अण्डा, माछा-मासु, दूध) खान मिल्दैन । भ्याक्सिन लगाएको मानिसले बेसार पनि बार्नुपर्छ । एक साताकै प्रयोगमा कोरोना संक्रमित हुनुपूर्वको अवस्थामा आउनुभयो भने लाज र झर्को नमानी यो उपाय अरूलाई पनि भनिदिनुहोस् । 

कृपया, मधुमेहका रोगीले यो उपायमा गुड सेवन नगर्नुहोला अथवा आफ्नो अवस्था विचार गरी गर्नुहोला ।

आयुर्वेदसँग कोरोना संक्रमण हुनै नदिने, संक्रमितको सटीक उपचार (घरमै बसीबसी) गर्ने, लङ कोभिडको उपचार गर्नेका साथै शरीरमा विभिन्न हिसाबले प्रवेश गरेका ‘हेभी मटेरियल’ ‘न्युट्रलाइज’ गर्ने सटीक औषधि छन् । तर, हिन्दु धर्मको योग पद्धतिलाई पश्चिमाले ‘योगा’ नभनेसम्म, प्राणायामलाई ‘कार्डियाक कोहेरेन्स ब्रेदिङ एक्सरसाइज’ नभनेसम्म, मकरासनलाई ‘प्रोन पोजिसन, बेस्ट टेक्निक फर एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम’ नभनेसम्म विश्वास नगर्ने समुदायलाई कुनै उपायले बुझाउन सकिँदैन ।  

कोरोनाको वुहान भेरिएन्टका खिलाफमा बनेका भ्याक्सिन अल्फा हुँदै डेल्टा र डेल्टा प्लस भेरिएन्टसम्म आउँदा झण्डैझण्डै भुत्ते साबित भइसकेका छन् । सन् २०२२ को फेब्रुअरी-मार्चसम्म आउने कोरोनाको नयाँ संसकरणका सामु आधा विश्व तेस्रो र चौथो बुस्टर डोजपट्टि लाग्छ भने आधा विश्व परंपरागत औषधि विज्ञानको तलासमा भारत, चीन, नेपालतिर धाउँछ  । 

वैज्ञानिक पनि कोरोना भाइरसको अमिनो एसिड र प्रोटिन संश्लेषण अध्ययन गर्न उन्मुख हुन्छ । शरीरमा कुन र के कति प्रोटिनको उत्पादनमा बन्देज लगाएर कोरोना भाइरसलाई  ‘रिप्लिका’ गर्न रोक्न सकिन्छ ? भाइरसमा म्युटेसन अमिनो एसिडको आपसी तालमेल अथवा गडबडीले हुन्छ । भाइरसलाई आफ्नो ‘रिप्लिका’ गर्न ‘एपिथियल सेल’बाट प्रोटिन ग्रहण गर्नुपर्ने हुन्छ । 

मानव शरीरमा रहेका हजारौँ प्रोटिनसँग कोरोना भाइरसलाई मतलब छैन । उसलाई त खास आफूलाई चाहिने प्रोटिनको आपूर्ति आवश्यक हुन्छ । यदि भाइरसलाई चाहिने प्रोटिनको उत्पादन  शरीरमा बाधित हुने हो भने संक्रमित मानिसलाई ४-५ दिनमा स्वस्थ बनाउन  सकिन्छ । 

पहिलादेखि नै शरीरमा यदि यस प्रोटिनको उत्पादन नहुने हो भने कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेर पनि आफ्नो ‘रिप्लिका’ गर्न नपाई शरीरको रोग प्रतिरोधी शक्तिबाट सखाप हुनपुग्छ ।

अन्ततः सन् २०२३ सम्म आधुनिक चिकित्सा जगत्सँग रुघा रोक्ने औषधि जस्तै (एन्टीभाइरल) कोरोनाको औषधि ट्याब्लेट रूपमै उपलब्ध हुन्छ । तबसम्म के ? तबसम्म ‘तारिख पे तारिख, तारिख पे तारिख’ भनेझैँ ‘भ्याक्सिन पे भ्याक्सिन, भ्याक्सिन पे भ्याक्सिन ।’

विश्वका ७ अर्ब मानिसलाई ३-४-५ पटक भ्याक्सिन दिएर यससँग सम्बन्धित व्यापारीले ८-१० खर्ब डलर कमाएपछि कोरोना संक्रमण रोकथामका लागि एन्टीभाइरल ट्याब्लेट बाजारमा आउँछन् ।