प्रीतिको डेब्यु गोल, नेपाल २-० ले अगाडि

प्रीतिको डेब्यु गोल, नेपाल २-० ले अगाडि

न्युज कारखाना  |  खेलकुद  |  भदौ २४, २०७८

युवा खेलाडी प्रीति राईले राष्ट्रिय महिला फुटबल  टोलीबाट डेब्यु गोल गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् ।

नेपालका लागि प्रीतिले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । 

नेपाल यू-१५ टोलीको कप्तानसमेत रहेकी प्रीतिले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् । 

यसअघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।