बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

न्युज कारखाना  |  अपराध  |  भदौ २५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका ४ वटै प्रमुख सहभागी छन् ।