बाग्मती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बाग्मती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २५, २०७८

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगका पदाधिकारी मनोनीत गरेकी छन् । 

बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा नीलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् ।

नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।